पसलमा चोरी गरेको अभियोगमा दुई युवा पक्राउ

 पसलहरूमा चोरी गरेको अभियोगमा दाङको तुलसीपुरबाट दुई युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भएका २० बर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भएका १९ बर्षीय विशाल परियार पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरु दुबै जना तुलसीपुर ६ रजौरामा डेरा गरि बस्दै आएका थिए । प्रहरीले उनीहरुलाई रजौरास्थित कोठाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । अर्का एक जना फरा