भारत-चीनबीच वार्ता, विवादित क्षेत्रबाट चिनियाँ सेना फिर्ता गर्न भारतको अडान यथावत्

भारत र चीनबीच १७ जुलाईमा १२ घण्टासम्म चलेको १६औँ चरणको कोर कमान्डर स्तरीय बैठकपछि साझा वक्तव्य जारी गरिएको छ। जसमा भारतीय क्षेत्रको चुशूल-मोल्दो बर्डर मिटिङ पोइन्टमामा भएको बैठक विवादित मुद्दाहरूलाई हल गर्न दुवै पक्ष चॉंडै पारस्परिक रूपमा स्वीकार्य समाधानमा पुग्न कुराकानी जारी राख्ने कुरामा सहमत भएको बताइएको छ।

सम्बन्धित सामग्री

भारत र चीन दोक्लामबाट आफ्ना सेना फिर्ता गर्न तयार, यस्तो छ कारण

काठमाडौं । भारतीय र चिनियाँ सेना दोक्लामबाट आफ्नो सेना फिर्ता गर्न तयार भएका छन् । भारतको एनडिटीभी र एविपी न्यूजले दिएको जानकारी अनुसार दुबै देश आफ्नो आफ्नो सेना फिर्ता गर्न तयार रहेको बताएका हुन् ।