महन्थ ठाकुर र राजेन्द्र महतो जसपा नेपालको साधारण सदस्यमात्र

जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर र राजेन्द्र महतोलाई साधारण सदस्यको रुपमा मात्र सीमित गरिएको छ ।जसपाले केन्द्रीय कमिटीलाई अध्यावधिक गर्दै महन्थ ठाकुर, राजेन्द्र महतोलाई साधारण सदस्यका रुपमा सीमित गरेको हो । यसअघि ठाकुर पार्टीका अध्यक्ष थिए भने महतो वरिष्ठ नेताका रुपमा थिए ।जसपाले निर्वाचन आयोगमा ५१५ जना केन्द्रीय सदस्यको नामावली पठाएको छ । उक्त नामावलीमा महन्थ ठाकुर पक्षका अधिकांशको नाम छैन । जसपा नेपाल पार्टी कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यको सूचीमा उपेन्द्र यादव नेतृत्वका तत्का

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा जसपाको नयाँ अभिलेख, महन्थ ठाकुर अध्यक्षबाट हटे

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै ३५ सदस्यीय समितिको अभिलेखीकरण गरेको छ । अब जसपा अध्यक्षबाट महन्थ ठाकुर कानुनी रुपमा हटेका छन् । ठाकुर पक्षका १६ जना बाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतको हैसियत साधारण सदस्य मात्र भएको छ । आयोगमा […]

उपेन्द्र यादव भुलभुलैयामा परे : महन्थ ठाकुर

२३ साउन, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि महन्थ ठाकुर समूहका नेताहरू मधेश झरेका छन् । ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले शनिबार जनकपुरधाममा धनुषा जिल्ला स्तरीय कार्यकर्ता भेला गरेका छन् । कार्यकर्ता भेलामा नेताहरुले उपेन्द्र यादवले पार्टी एकता भत्काएर मधेशी नेताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । नेता महन्थ […]

सरकारमा जाने मौका नपाएपछि ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि

सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय गरे। बाँकी तीनजना राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा सामेल भए। यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्ये एक राजकिशोरले सरकारमा ज

स्पष्टीकरण सोध्ने निर्णय मान्य नहुने महन्थ ठाकुर भनाई

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव पक्षले गर्ने कुनै पनि निर्णय नमान्ने बताएका छन्। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट आइतबार ठाकुरले कुनै पनि निर्णय नमान्ने बताएका हुन। यादव पक्षका ३१ सदस्य सहभागी बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण […]

महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । नयाँ विकसित राजनीतिक घटनाक्रमलाई लिएर बसेको बैठकले सो निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने सो पक्षले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा […] The post महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

देउवालाई भेटेपछि ओलीलाई भेट्न सिधै बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिधै बालुवाटार पुगेका छन् । नेताद्वय ठाकुर र महतो कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठबाट सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको जसपाका एक नेताले जानकारी दिए । देउवासँगको भेटमा नेताद्वयले भावी सत्ता समीकरणमा आफूहरू कतै नलाग्ने सन्देश दिएको स्रोतले जनाएको छ ।  आफूहरू तटस्थ रहँदा वैकल्पिक सरकारको सम्भावना पनि नरहने भन्दै ठाकुर र महतोले चुनावको माहोल...

देउवा भेट्न बूढानिलकण्ठ पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन सोमवार प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु बूढानिलकण्ठ पुगेका छन् । सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने जसपाका एक नेताले जानकारी दिए । नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने चर्चासँगै जसपाको ...

जसपामा महन्थ ठाकुर अब अल्पमतमा

काठमाडौं। आफ्नो पक्षमा बहुमत सांसद सदस्य रहेको दाबी गर्दै आएका अध्यक्ष महन्थ ठाकुर अल्पमतमा परेका छन्। राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिङ भण्डारी लगायतका केही सांसदहरूले साथ छोडेपछि ठाकुर अल्पमतमा परेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने समय नजिकिँदै जाँदा जसपाभित्र यस्तो उतारचढाव देखिएको हो। यससँगै जसपा नेता डम्बर खतिवडाले जसपा अब विभाजनबाट जोगिएको बताएका छन्।