काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा जारी अवरोध खुलाउन चाहेको हो भने प्रधानमन्त्री र सभामुखले पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्नुपर्ने माग गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एमाले सांसद एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले सो माग गरेका हुन् ।