जनकपुरमा एक सातादेखि हराएका बालक मृत भेटिए

२४ जेठ, जनकपुरधाम । धनुषामा एक सातादेखि हराइरहेका एक बालक मृत अवस्थामा फेला परेका छन् । १७ जेठदेखि हराइरहेका ६ बर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगरपालिका २२ बसहियास्थित दूधमती नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कर्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बालकको शव सडेको अवस्थामा फेला परेको जानकारी दिए […]