डा तोसिमा कार्कीविरुद्धको भ्याकेट निवेदनमा आज पनि सुनुवाई हुने सम्भावना कम

डा तोसिमा कार्कीको उम्मेदवारी कायम गर्न सर्वाच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दिएको भ्याकेट निवेदन दोस्रोपटक पेसी चढेको छ।

सम्बन्धित सामग्री

कोशी सरकारविरूद्धको रिटमा आज आदेश आउन सक्ने

न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना धेरै छ।...

ललिता निवास प्रकरणमा शुक्रबार आदेश आउनसक्ने

काठमाडौँ  : ललिता निवासको जग्गा हिनामिना प्रकरणमा परेको बन्दीप्रत्यक्षीकरणलगायत ६ थान रिटमाथिको सुनुवाई आज पनि नसकिँदा हेर्दाहेर्देमा राखिएको छ।  रिट निवेदनमाथि विगत केही दिनदेखि सुनुवाई जारी छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उत्तm रिटमाथि सुनुवाइ भएरहेको छ। पटकपटक इजलासमा बहस हुँदाहुँदै समय सकिएपछि सुनुवाइ हेर्दैहेर्दैमा राखिँदै आइएको छ। भोलि शुक्रबार भने आदेश आउनसक्ने सम्भावना छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भोल

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आइतबार नै सुनुवाइ हुने सम्भावना छ । बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले सुरुवातमा […]

सन्दीप लामिछानेको मुद्दाको सुनुवाई सकियोः के आउला आदेश?

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदन माथिको सुनुवाइ सकिएको छ। न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा आज दिनभर वकिलहरुले बहस गरेका छन्। सुनुवाइ सकिएपछि आज नै आदेश आउने सम्भावना देखिएको छ। थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने…

सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज सुनुवाई हुँदै

काठमाडौं। बलात्कारको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दामाथि आज सुनुवाई हुँदैछ। सुनुवाइका लागि उनको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ। गत हप्ता लामिछानेको मुद्दा पेशीमा चढाएपनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले सो दिनको पेसी स्थगित गरेका थिए।लामिछानेको सम्वन्धमा आज नै कुनै फैसला आउने सम्भावना समेत रहेको बताइएको छ।

आइजीपीविरुद्धको मुद्दाको सुनुवाई धकेलियो, विश्वराज साउनमा घर जाने

काठमाडौं, २७ असार । आइजीपीमा धीरजप्रताप सिंहको बढुवाविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटको सुनुवाई ३१ असारमा हुने गरी सरेको छ । आज सर्वोच्च अदालतमा सुनुवाई हुने गरी पेशी तोकिएकोमा सरेको हो । सुनुवाई निरन्तर सरेपछि विश्वराज पोखरेल उमेरहदले साउनमा घर जाने सम्भावना बढेको छ । पोखरेल जतिसक्दो छिटो फैसला आफ्नो पक्षमा पार्ने लबिङमा छन् […]

माधव नेपाल सहितका १४ सांसदलाई पदमुक्त गर्न माग गरिएको रिटमा आज सुनुवाई हुदै

माधव नेपाल सहितका १४ जना सांसदलाई पदमुक्त गर्न माग गर्दै दायर गरिएको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुने भएको छ । उक्त मुद्दाको पेशी आज न्यायधीश इश्वर प्रसाद खतिवडा र न्यायधीश कुमार रेग्मीको इजलाशमा तोकिएको छ । यो मुद्दा उक्त इजलाशको दोस्रो नम्बरमा रहेकोले आज यस मुद्दामा आदेश आउने सम्भावना छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट दायर गरेका थिए । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले  रिट हालेका हुन् ।  सांसद कारवाही सिफारिसमा रोकेर सभामुखले अधिकारको पालना नगरेकाले उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट हालेको हो । रिटमा कारवाही गरेर १४ सांसदलाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ । एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ । सभामुखले अधिकार दुरुपयोग गरेर रोकेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको तर्क छ । एमालेले १४ सांसदलाई कारवाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद सचिवालयमा सिफारिस गरेको थियो । तर सभामुख सापकोटाले कारवाही सिफारिस विचाराधीन राखेर नेकपा (एकीकृत समाजवादी) दल दर्तापछि १३ भदौमा १४ सांसदलाई कारवाही गर्न नपर्ने निर्णय गरेका थिए ।

कुलमानलाई हटाउन माग गरिएको रिटमा आज सुनुवाई हुदै, पहिलो नम्बर मै पेशी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्द दायर भएको रिटमा आज दोस्रो सुनुवाई हुदै छ । आज प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशमा यस मुद्दाको सुनुवाई हुन लागेको हो । यो मुद्दाको पेशी उनको इजलाशको पहिलो नम्बरमा नै तोकिएको छ । सोहि कारण यस मुद्दामा आज आदेश आउने प्रबल सम्भावना छ । यस अघि पनि जबरा कै इजलाशमा यस मुद्दाको पहिलो सुनुवाई भएको थियो । पहिलो सुनुवाईमा सर्वोच्चले  घिसिङलाई प्राधिकरणमा नियुक्त गर्दाको सक्कल कागजात ३ दिन भित्र पेश गर्न आदेश दिएको थियो । प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशले कुलमान कार्यकारी निर्देशकमा नियुक्त भएको, हितेन्द्र देव शाक्य कार्यकारी निर्देशकमा नियुक्त भएको, हितेन्द्र डे शाक्य प्राधिकरणबाट जल तथा उर्जा आयोगमा नियुक्त भएको, र प्राधिकरणले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्दा भएका सम्झौताको सक्कल फाइल ३ दिन भित्र पेश गर्न आदेश दिएको हो। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफुलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए  ।  उनले रिटमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई ४ वर्षको लागि गरिएको नियुक्ति बदर गर्न र सो पदमा आफु ४ वर्षको लागि नियुक्त भएकोले आफुलाई निरन्तरता दिनको लागि अनतरिम आदेश माग गरेका थिए ।  आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको उनले उल्लेख गरेका थिए । उनले आफुलाई सो पदमा पुनर्बहाली गर्न पनि आदेशको माग गरेका थिए ।तर अदालतले भने पहिलो सुनुवाईमा उनको माग बमोजिम कुनै पनि आदेश जारी नगरी सबै सक्कल फाइलहरु झिकाउन आदेश दिएको थियो  ।  सोहि मुद्दामा आज दोस्रो सुनुवाई हुन लागेको हो ।  शाक्यलाई उनकै आग्रहमा सम्मानजनक रुपमा जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गरि खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने कार्यदेशसमेत उल्लेख गरी विशेष जिम्मेवारी दिएर सरुवा गरिएको भनिएपनि उनी सर्वोच्च गएका हुन् । घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। उनी झन्डै ११ महिनापछि सोहि पदमा फर्केका हुन्।  घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो। त्यतिबेला उनलाई दोस्रो कार्यकालको लागि नियुक्त गर्न ब्यापक दबाब रहेपनि केपी ओली सरकारले उनलाई निरन्तरता दिएको थिएन । त्यस समय नेकपाको सरकार रहेको तर प्रचण्डले कुलमानलाई नै दोहोर्याउन चाहे पनि ओलीले मानेका थिएनन् । ओली सरकारले शाक्यलाई सो पदमा नियुक्त गरेको थियो ।

महन्थ ठाकुरको रिट निवेदन कुमार रेग्मीको ईजलासमा

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सो निवेदनमाथि सुनुवाई हुन लागेको हो। ठाकुरको निवेदनमाथिको सुनुवाई ईजलास नम्बर ९ को ८ रिटमध्ये अन्तिममा राखिएकाले आज पालो नआउने सम्भावना पनि देखिन्छ। केही दिनअघि निर्वाचन आयोगले जसपाको विवाद‘हेड काउन्ट’मार्फत साउन ११मा टुंग्याउने निर्णय लिएपछि सो निर्णयबिरुद्ध ठाकुर सर्वोच्च पुगेका थिए।