अर्थमन्त्री प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गरेर सरकारबाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गरेका छन् । बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले समय–समयमा अनावश्यक बहानामा संसद् अवरुद्ध गर्दै सरकारबाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको बताए ।