सुनसरी जिल्ला अदालतबाट कैद तथा जरिवाना तय भई फरार १० जना अभियुक्त एकैदिन पक्राउ परेका छन् । कुटपिटको मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय पकलीले एकै दिन पक्राउ गरी बुधबार सुनसरी जिल्ला अदालतमा बुझाएको छ । प्रहरीले कुटपिट मुद्दामा रामधुनीका पशुपति माझी, राजाराम माझी, दिलबहादुर माझी, बाबुराम माझी, सन्तोष माझी, चैतुदेवी थरुनी,…