सर्लाहीको फूलजोर खोला पुलबाट बस खस्यो, चारजनाको मृत्यु

काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोर खोला पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ। वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान करिब ११:१५ बजेतिर पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले थाहाखबरलाई जानकारी दिएको छ।दुर्घटनामा परी ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए। उनका अनुसार घाइतेहरुको लालबन्दी र रानीगंजका स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।मृतकहरुको पहिचान खुलिनसकेको डिएसपी बु