जापानी प्रधानमन्त्री फुमिओ किशिदालाई कोरोना संक्रमण

टोकियो – जापानका प्रधानमन्त्री फुमिओ किशिदा कोरोना सङ्क्रमित भएका छन्। प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूले जनाएअनुसार उनमा सङ्क्रमणसँगै हल्का लक्षणहरू पनि देखिएको छ। उनी अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका छन्। उनलाई शनिबार राति हल्का ज्वरो र खोकीजस्ता लक्षणहरू देखिएको थियो। जापानको स्थानीय सञ्चारमाध्यम क्योडो नेले जनाएअनुसार ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग करिब साता […]