छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। नवलपरासी(पूर्व), मकवानपुर, धनुषा र रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा उनीहरको मृत्यु भएको प्रहरीले जनाएको छ। नवलपरासी(पूर्व)मा एक जना, मकवानपुरमा भएको दुई वटा दुर्घटनामा तीन जना र धनुषा र रुपन्देहीमा एक एक जनाको मृत्यु भएको हो। सबै दुर्घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं ।  छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको । मिथिला नगरपालिका-३ लालभित्तीमा ना.६ ख ६५७८ नम्बरको ट्रक र प्र.१-०२-००१ ख ९२९२ नम्बरको  ट्रक एक-आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ना.६ ख ६५७८ नम्बरको ट्रक चालक सुनसरी ईनरुवा बस्ने २८ वर्षीय सागर चौधरी र दुबै ट्रकको सह-चालक २ जनासमेत गरी ३ जनाको मृत्यु […]