एमसीसीको विरोध गर्दै एमालेको युवा संघले उडायो कालो बेलुन (फोटो फिचर)

काठमाडौँ – अमेरिकी अनुदान मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै नेकपा एमालेनिकट युवा संघका युवाहरुले कालो बेलुन उडाएका छन् । उनीहरुले संसद् भवन परिसरमै कालो बेलुन उडाएर एमसीसी खारेज गर्न माग गरेका हुन् ।  प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ ।