सन् २००९ पछिका अक्टोबरमध्ये यो वर्षको अक्टोबरमा सबैभन्दा धेरै वर्षा

काठमाण्डाै – यो वर्षको अक्टोबर महिनामा सन् २००९ पछिका अक्टोबरमध्ये सबैभन्दा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाएको छ । नेपालमा ६६ मिलिमिटर पानी पर्नुलाई सरदर वर्षा मान्ने गरिएको छ । काठमाण्डौमा मात्रै यो महिनामा ६७ दशमलव २ मिलिमिटर पानी परेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष हिउँदमा पनि 'औसतभन्दा बढी' पानी पर्ने सम्भावना देखिएको छ । प्रदेश नम्बर १, २, वाग्मती र लुम्बिनी प्रदेशका तराईका जिल्लामा अक्टोबर, नोभेम्बर र डिसेम्बरमा सरदरभन्दा बढी वर्षा...

सम्बन्धित सामग्री

कास्कीमा सबैभन्दा धेरै वर्षा, २४ घण्टामा ३ सय २६ मिलिमिटर वर्षा मापन

कास्की - गएको २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै वर्षा भएको छ । गएको २४ घण्टामा कास्कीको लामपाटनमा रहेको मापन केन्द्रमा ३ सय २६ मिलिमिटर वर्षा मापन भएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको १२ घण्टामा ३ सय ९ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १० मिलिमिटर वर्षा हुनुलाई हल्का वर्षा मानिन्छ । यस्तै, १० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १ सय मिलिमिटर वर्षालाई ठूलो र एक सयभन्दा बढी मिलिमिटर वर्षा हुनुलाई अति ठूलो वर्षा भनिन्छ । अहिले पनि कास्कीसहित देशका धेरै ठाउँमा पानी परिरहेको छ। आज प्र...

२२२ मध्ये १५९ मापन केन्द्रमा वर्षा, सबैभन्दा धेरै पोखराको जुम्लेटीमा

पछिल्लो २४ घण्टामा पोखराको जुम्लेटीमा सबैभन्दा धेरै वर्षा भएको छ। आज विहान ८ः४५ बजेसम्मको तथ्यांकअनुसार जुम्लेटी वर्षा मापन केन्द्रमा २४ घण्टामा १३० मिलिमिटर (मि.मि)वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको...

सबैभन्दा बढी वर्षा डडेलधुरामा

१ कात्तिक, काठमाडौं । २४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा डडेलधुरामा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर रेकर्ड भएका १९६ केन्द्रहरुमध्ये सबैभन्दा धेरै डडेलधुरामा वर्षा मापन भएको हो । २४ घण्टाको अवधिमा डडेलधुराको जोगबुढा केन्द्रमा सबैभन्दा धेरै १६८ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । डडेलधुराकै गाइबन्डे केन्द्रमा १४७ दशमलव ६ […]

आज राति अत्यधिक उल्का वर्षा हुने

एजेन्सी।वैज्ञानिकहरुले यो वर्ष आजराति अत्यधिक उल्का वर्षा हुने बताएका छन्।उल्का वर्षालाई चलनचल्तीको भाषामा‘तारा खसेको’ भन्ने गरिन्छ।मौसमले साथ र आकाशबाट बादल हटे आज राति नेपालबाट पनि उल्का वर्षा अवलोकन गर्न सकिनेछ।सबैभन्दा बढी उल्का वर्षा उत्तरपूर्वी आकाशमा देखिने छ।आज राति १० बजेबाट अत्यधिक उल्का वर्षा हुन सुरु हुनेछ। सबैभन्दा बढी उल्का वर्षा भोलि बिहान ४ देखि ५ बजेसम्मको अवधिमा देखिने छ।

देशका १९४ स्थानमा वर्षा, सबैभन्दा बढी झापामा

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका २१३ वटा वर्षा मापन केन्द्रहरुमध्ये १९४ वटामा वर्षा मापन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार सो अवधिमा सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी केन्द्रमा ४७.४ मिलिमिटर मापन गरिएको छ। वर्षा मापन गरिएका केन्द्रहरुमध्ये २२ वटामा २५ मिलिमिटरभन्दा बढी र १०६ केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।

चौबीस घण्टामा १५२ स्थानमा वर्षा, सबैभन्दा बढी बाजुरामा

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका२०६ वटा वर्षा मापन केन्द्रहरुमध्ये १५२ वटामा वर्षा भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार सो अवधिमा सबैभन्दा बढी वर्षा बाजुरा जिल्लाको ओलेना केन्द्रमा भएको छ। उक्त केन्द्रमा६८.२ मिलिमिटर वर्षा भएको थियो। वर्षा मापन भएका केन्द्रहरुमध्ये चारवटामा ५० मिलिमिटरभन्दा बढी, ८ वटामा २५ मिलिमिटरभन्दा बढी र ३८ वटामा १० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।

पछिल्लो चौबीस घण्टामा १७७ स्थानमा वर्षा, सबैभन्दा बढी प्यूठानको हंसपुरमा

काठमाडौं। पछिल्लो चौबीस घण्टामा २१२ वटा वर्षा मापन केन्द्रहरु मध्ये १७७ केन्द्रमा वर्षामापन भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार सो अवधिमा सबैभन्दा बढी वर्षा प्यूठानको हंसपुर केन्द्रमा ५४ मिलिमिटर मापन गरिएको थियो। मापन गरिएका केन्द्रमध्ये १२२ मा ५ मिलिमिटर, ८५ मा १० मिलिमिटर, २७ मा २५ मिलिमिटर र एउटामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।

९६ स्थानमा वर्षा, सबैभन्दा बढी कालिकोटको मान्मामा

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर रहेका १९७ वर्षा मापन केन्द्रहरुमध्ये ९६ वटामा वर्षा मापन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त अवधिमा सबैभन्दा बढी वर्षा कालिकोटको मान्मा केन्द्रमा मापन गरिएको छ। मान्मामा १८.८ मिलिमिटर पानी पारेको थियो। ३७ वटा केन्द्रमा ५ मिलिमिटरभन्दा बढी, १२ वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ।

देशका ७८ स्थानमा वर्षा, सबैभन्दा बढी धनकुटाको पाख्रीबासमा

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका १९८ वर्षा मापन केन्द्रहरुमध्ये ७८ वटामा वर्षा मापन गरिएको छ। बिहीबार बिहान ८ः४५ देखि शुक्रबार बिहान ८ः४५ बजेसम्म वर्षा मापन गरिएकोमा सबैभन्दा बढी वर्षा धनकुटाको पाख्रिबासमा ४४.३ मिलिमिटर भन्दा बढी मापन गरिएको थियो।