सरकार र मिटरब्याजपीडितबीच वार्ता शुरु

काठमाडौँ : गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याजपीडितहरुबीच आज (आइतवार) औपचारिक वार्ता शुरु भएको छ। मिटरब्याजपीडितलाई वार्तामा बोलाएको गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा २ जना उपसचिव रहेको वार्ता टोली गठन गरेको छ।सोही वार्ता टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको तर्फबाट अवधेश कुशवाहाको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीबीच वार्ता शुरु भएको हो। सडकमा उर्लिएका पीडितहरु सरकारको गोली नै खानुपरे पनि न्याय नपाएसम्म धर्ना नछाड्ने अडानमा छन

सम्बन्धित सामग्री

कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता

विराटनगर- कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो । असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।

सरकार र डा. केसीका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा वार्ता

काठमाडौं । अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिहंदरबारमा वार्ता शुरु भएको हो । वार्तामा सरकारकातर्फ बाट प्रधानमन्त्री कार्यालयका सचिव डा. राम प्रसाद घिमिरे, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, शिक्षा सचिव राम कृष्ण सुवेदी र एनएमबीएबाट डा. अनिल बिक्रम कार्की रहेका छन् । डा. […]

भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता शुरु

भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरु भएको छ । भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान गर्न वार्ता शुरु भएको हो । सरकारका विरुद्धमा जारी रहेको सो विरोधका कारण आर्थिक तथा सामाजिक अवस्था नै तहसनहस भएको बताइएको छ ।

विप्लव र सरकारी टोलीबीचको वार्ता जारी, 'सहमति भए निलम्बन फुकुवा हुने'

काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको तेस्रो चरणको वार्ता शुरु भएको छ। सरकार र विप्लव समूहको वार्ता टोलीबीच तेस्रो चरणको वार्ता बिहीवार बिहान शुरु भएको हो। आजको वार्ता निकै सकारात्मक रुपमा अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले जानकारी दिए। वार्ताले सकारात्मक निष्कर्ष…

सन् २०२० मा पनि सफल भएन अफगान शान्तिवार्ता, कहाँ चुक्यो सरकार र विद्रोही पक्ष ?

-मोहिनी मिश्र रिसालकाठमाडौं । शान्तिको पखाईमा रहेका अफगान नागरिकको शान्तिको आशा सन् २०२० मा पनि पूरा हुन सकेन । पछिल्लो दुई दशक हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा यतिखेर पुनः एक पटक शान्ति वार्ताको प्रयास थालिएको थियो । यद्यपि अफगानिस्तानमा दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना भइरहेको अवस्था कायम नै छ । यसै अवस्थामा अफगान सरकार र दुई दशकभन्दा लामो समयदेखि यहाँ हिंसा मच्चाइरहेका प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता शुरु भएको हो । तर पनि सो वार्ता भने अहिलेसम्