२०० वर्षमा काठमाडौंमा ठडिए ३ वटा धरहरा, भीमसेन थापाले बनाएको 'मीनार' कहाँ छ?

बाघदरबारको पछाडि रंजितकारहरुको कुल-देवता छ। २०५० सालको अन्त्यसम्म उक्त स्थान सुनसान थियो। धेरै घर थिएनन्। बायाँ भागमा खुला चौर थियो। त्यहाँ विभिन्न चराहरु पाइन्थे। वर्षमा एकपटक कुल-देवता पूजा गर्न पुग्नेहरुको आकर्षणको केन्द्रबिन्दु बन्थ्यो त्यहाँ रहेको मयुर। पानी पर्दा ओत लाग्ने ठाउँ यही खुला चौर नजिकैको भवन थियो। पछि बाघदरबार नजिकै…