रुकुम पश्चिममा अग्रता फराकिलो बनाउँदै शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा प्रतिनिधिसभातर्फ फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार शर्माले ४ हजार १० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १ हजार ५९४ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार तारक केसीले ३९० मत ल्याउँदा राप्रपाका दीपककुमार मल्लाले १६१ मत ल्याएका छन् । 

सम्बन्धित सामग्री

रुकुम पश्चिममा दुई करोड ५० लाखको मह उत्पादन

१९ पुस, रुकुम पश्चिम ।  रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ । विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो । किसानले मह बेचेर रु दुई करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिए । जिल्लाको बाँफिकोट गाउँपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र […]

रुकुम पश्चिम : चैत १ गतेदेखि हराइरहेका व्यक्तिकाे शव फेला

रुकुम पश्चिम – रुकुम पश्चिममा चैत १ गतेदेखि हराइरहेका एक जना पुरुषको शव फेला परेको छ ।   मुसीकोट नगरपालिका वडा नम्बर ३ का ६० वर्षका लोकबहादुर केसीको शव फेला परेको हो । छेडादेखि माछिमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने ठाउँमा केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईले केसीकाे शव सडकदेखि तल माटोमा फेला परेकाे बताउनुभयाे । शव माटो र ढुङ्गाले पुरिएको अवस्था...

रुकुम पश्चिममा जनार्दनको अग्रता कायम

७ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले अग्रता बढाउँदै लगेका छन् । आज बिहानको मत परिणाम अनुसार अर्थमन्त्री शर्मा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाभन्दा ३ हजार बढी अन्तरले अगाडि छन् । शर्माले ५ हजार ३७१ र देवकोटाले २ हजार २०८ मत पाएका छन् ।

रुकुम पश्चिममा मतगणना सुरु

६ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिममा मतगणना सुरु भएको छ । भर्खरै गणना सुरु गरिएकाले मत परिणाम आउन बाँकी छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को वीरेन्द्र मावि मतदान केन्द्रबाट मतगणना सुरु गरिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा र नेकपा एमालेका […]

रुकुम पश्चिम (ख) का कांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज

रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।  बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो ।  माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोमा छानबिनपछि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी खारेज गरेको हो । कांग्

रुकुम पश्चिम : एक बालककाे शव मकैबारीमा भेटियो

रुकुम पश्चिम - रुकुम पश्चिममा एक बालककाे शव मकैबारीमा फेला परेको छ । आइतवार बेलुका आठबिसकोट नगरपालिका-५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको हाे । उनी भदौ ३१ गतेदेखि हराएका थिए ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले बालककी आमाले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेकाे जानकारी दिनुभयाे ।  बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको श्रेष्ठले बताउनु भय...

रुकुम पश्चिम : माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

रुकुम पश्चिम - रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ९ नुवाकोटमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच  झडप भएको हाे।  झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको रा १ च १२६२ नम्बरको जीप तोडफोड भएकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले न...

रुकुम पश्चिममा वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा

रुकुम पश्चिम – यही वैशाख १९ गते आइतवारदेखि लागू हुने गरी रुकुम पश्चिममा निषेधाज्ञा लगाइने भएकाे छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।  कोरोना भाइरसको नयाँ 'भेरिएन्ट' सहितको सङ्क्रमण दर तीव्र गतिमा बढेकाले निषेधाज्ञा लगाउनुपरेकाे केन्द्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले सङ्क्रमण दर बढ्न सक्ने हुँदा सङ्क्रमण फैलावटको साङ्लो तोड्न एवम् सङ्...

रुकुम पश्चिम मोडेललाई कार्यदिशाको स्तरमा विकास गरौँ

चैत २४ गते रुकुम पश्चिममा एक भव्य कार्यक्रममा सहभागी भइयो । प्रभाकर दाइले फागुन १ जनयुद्ध दिवसकै अवसरमा रुकुम जाऊ भन्नुभएको थियो । त्यो बेला विभिन्न कारणले जान सकिएन । जनआन्दोलन दिवसको अवसर पारेर रुकुम पश्चिम माओवादी केन्द्रले  ‘आर्थिक समृद्धि सामाजिक सांस्कृतिक रुपान्तरणका लागि जन प्रशिक्षण कार्यक्रम’ आयोजन गरेको थियो । प्रभाकर दाइले चैत २२ गते हाते फोनमा भन्नुभयो, ‘लोकेन्द्र ऐरीसँग रुकुम आउनुस् । म रुकुम आइसकेको छु ।’पश्चिम रुकुम जानुपर्ने महत्त्वपूर्ण दुई कारण थिए

रुकुम पश्चिम घटनाको काँग्रेसद्वारा भत्र्सना

काठमाडौं । नेपाली काँग्रेसले रुकुम पश्चिम घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । सोमबार रुकुम पश्चिममा काँग्रेस र नेकपाका कार्यकर्ताबीच झडक भएको थियो । आठबीसकोट नगरपालिका वडा नं. ९ का काँग्रेस निकट वडाध्यक्ष तारकबहादुर शाहीको समूह र नेकपा निकट वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नं. ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहबीच झडप भएको थियो । नेकपा समूहले सुरक्षाकर्मीको अगाडि नै  काँग्रेस समूहमाथि चक्कु प्रहार गरी गरेको काँग्रेसको आरोप छ । उक्त घटनामा वडाध्यक्ष शाही, तेजब