सुर्खेतमा एक लाख बालबालिकालाई टाइफाइडको खोप लगाइँदै

सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले १५ महिनाभन्दा माथि १५ वर्षभन्दा तलको उमेर समूहका एक लाख ३५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतामका अनुसार जिल्लाका नौ वटै पालिकामा खोप अभियान सुरु गर्न लागिएको हो । ‘चैत २५ गते दखि वैशाख तीन गतेसम्म खोप अभियान सुरु […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका ९ ओटा जिल्लामा आजदेखि मोर्डना खोप लगाइँदै

पुस ४, सुर्खेत । सुर्खेतबाहेक कर्णाली प्रदेशका नौ जिल्लाका बालबालिकालाई आज (आइतवार) देखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिएको छ । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा आइतवारदेखि मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको हो । निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोर्डना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गते र दोस्रो मात्रा आगामी माघ २ देखि १० गतेसम्म लगाइने जानकारी दिए । ‘साविकका गाविसमा नौ ओटा केन्द्र र हालका स्थानीय तहका प्रति वडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘स्वास्थ्य कर्मचारी, शिक्षक÷शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ, विद्यालय नजाने बालबालिकालाई पनि नजिकको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।’ खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनुपर्ने र ६ घण्टाभित्र लगाइसक्नु पर्नेछ । कोरोनाविरुद्धको यो खोप ९४ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । सुर्खेतमा यही उमेर समूहका दुई हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ नामक खोपको पहिलो मात्रा दिइएको छ । रासस