प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाएको छ । नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम भट्टराईले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।उनको प्रस्तावकमा शान्ता चौधरी तथा समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । सत्तारुढ दलतर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसालले यसअघि नै उम्मेदवारी दर्ता गरिसकेकी छन् । यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टरा