अपर हेवाखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि स्थानीयका लागि १०० रुपैयाँ अंकित ५ लाख कित्ता सेयर आवेदन खुलाएको हो ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार स्थानीयले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आजदेखि बिक्री खुलाइएको आईपीओमा जेठ २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन पाइने क्यापिटलले बताएको छ ।हा