कोरोना विरुद्धकाे खोप लगाएकालाई आजदेखि कुवेतमा प्रवेश खुला

काठमाण्डौ – कोरोना विरुद्धको खोप लगाएका विदेशी नागरिकलाई कुवेतले आजदेखि प्रवेश खुला गरेकाे छ । कुवेतका विमानस्थलहरुलाई त्यहाँको सरकारले खोपको पूर्ण मात्रा लगाइसकेका यात्रुलाई प्रवेश गर्न अनुमति दिइसकेको कुवेत टाइमले जनाएको छ । कुवेत आउन चाहने यात्रुले आफूले खोप लगाएको प्रमाणपत्र कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अपलोड गर्नुपर्ने जनाइएको छ । जहाजमा चढ्नुभन्दा ७२ घण्टा पहिलको कोरोना नेगेटिभ रिपोर्ट पनि अनिवार्य साथमा हुनुपर्नेछ । यस्तै कुवेत प्रवेश गरेको सात दिनसम्म घरमै क्वरेण्टीन बस्नुपर्ने हुन्छ । तर...