धनुषा : जनकपुरधाममा कपडा पसलमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँको क्षति

धनुषा - धनुषाको जनकपुरधाम जनकचोकमा रहेको शिवानी रेडिमेड पसलमा आगलागी भएको छ । स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको पसलमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको हाे । आगलागीबाट कपडा तथा रेडिमेट सामान जलेका छन् । आगलागीबाट झण्डै २० लाख रुपैयाँ बराबरकाे क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । त्यसअघि बिहीवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ३० लाख रुपैयाँभ...