ताप्लेजुङमा पहिरोले स्कुल भत्कायो

आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनको सिंहदेवी आधारभूत विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ । माथिबाट झरेको ढिस्कोले विद्यालयको पर्खाल भत्काएको गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराईले जानकारी दिइन् ।