निषेधाज्ञाका कारण ताप्लेजुङका कुखुरा व्यवसायी मारमा

जेठ ८, ताप्लेजुङ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि भएको निषेधाज्ञाले यहाँका कुखुरा व्यवसायी मारमा परेका छन् । लामो समयदेखिको बन्दाबन्दीका कारण विक्रीका लागि तयारी अवस्थाका कुखुरा विक्री नहुँदा व्यवसायीलाई नोक्सानी भएको छ । बजार पसल बन्द भएसँगै कुखुराको व्यापार पनि ठप्पजस्तै बनेको छ । ‘कम्तीमा एक महीनादेखि तीन महीनासम्मका ७०० कुखुरा फार्ममा छन्, निषेधाज्ञा खुल्ने अत्तोपत्तो छैन, तीन महीनापछि कुखुरा हुर्किँदैनन्, दानापानीमा ठूलो खर्च आउँछ, समस्या आइलाग्यो’, फुङलिङ नगरपालिका–१ का कुखुरा व्यवसायी लक्ष्मी मादेनले भने । उनका अनुसार अहिले कुखुरालाई खुवाउने दानासमेत महँगो भएको छ । कुखुरा नबिकेपछि दानापानी, औषधिमा लाग्ने खर्चको समेत अभाव हुन थालेको उनले बताए । यता फुङलिङ नगरपालिकाकै इन्द्र सुनुवारको फार्ममा समेत करीब ६०० कुखुरा हुर्केर विक्रीका लागि तयारी छन् । तर कहिले विक्री हुने भन्नेमा अन्योल छ । दिनानुदिन संक्रमण बढिरहेकाले बन्दाबन्दी थपिने र विक्री नहुने सुनुवारलाई चिन्ता छ । व्यवसायीबाट बाँकीमा ल्याएको औषधि तथा दानाको पैसा बुझाउनसमेत नसकिएकाले समस्या थपिएको उनले बताए । लामो समयसम्म कुखुरा विक्री नहुँदा उनीहरुलाई मात्रै नभई जिल्लाभरका व्यवसायीलाई उस्तै समस्या छ । कुखुरा हुर्किने समय कटेपछि दानापानीमा धेरै खर्च हुने र कतिपय मर्ने भएकाले समेत ठूलो घाटा हुने गरेको व्यवसायी बताउँछन् । तीन महीना पुगेपछि तौल नबढ्ने तर दानापानीमा चाहिँ ठूलो खर्च आइरहने हुँदा मारमा परेको व्यवसायीको भनाइ छ । ताप्लेजुङमा १२२ किसान कुखुरा व्यवसायी संघमा आबद्ध छन् । उनीहरुमध्ये आधाजसोले ठूलो लगानीमा फार्म खोलेर व्यवसाय गरिरहेका छन् । यहाँ उत्पादित कुखुरा स्थानीय बजारमै खपत हुने गरेको छ । तर तीन सातादेखि फुङलिङमा लागेको निषेधाज्ञाले पूरै बजार पसल ठप्प छन् । अन्यत्र पठाउने पनि ठाउँ नहुँदा खर्च बढाउँदै बस्न बाध्य भएको व्यवसायीले बताए । यता औषधि र दानाको व्यापार व्यवसाय चलाउँदै आएका व्यवसायीलाई समेत समस्या छ । कुखुरापालकबाट समयमा नै पैसा उठ्न नसक्दा दैनिकजसो आयात गर्न कठिनाइ भएको हो ।  ‘लगानी गरेर व्यावसायिकरूपमा फार्म सञ्चालन गर्नेलाई बाँकी दिनैपर्छ, उनीहरुले कुखुरा हुर्काएर विक्रीपछि ल्याउने गर्छन्, तर यसपटक बन्दाबन्दीले कुखुरा नबिक्दा उनीहरुले पनि ल्याउन सकिरहेका छैनन्, तर दैनिकजसो ठूलो मात्रामा दाना, औषधि भने उपलब्ध गराउनुपर्ने बाध्यता छ’, इरोयान एग्रोभेटका सञ्चालक नरेन्द्र मादेनले भने । रासस

सम्बन्धित सामग्री

अवैधरुपमा भारतीय कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा

राँझा (बाँके), १९ चैत । भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा यहाँका व्यवसायी पीडित भएका छन् । यहाँस्थित नेपाल–भारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि बाटो प्रयोग गरी भारतीय कुखुरा, चल्ला तथा अण्डा आयात हुने गरेको व्यवसायीले गुनासो गरेका छन् । कुखुरा व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष लालबहादुर खत्रीले नेपाली बजारको तुलनामा भारतमा […]

बिचौलियाका कारण झापाका कुखुरा व्यवसायी मारमा

भद्रपुर ।  झापाका कुखुरा व्यवसायीले केही दिन अघि झापा बिर्तामोडको मुक्तिचोकमा कुखुरा तथा अण्डा फालेर विरोध जनाएका थिए  । बजारमा बिक्री गर्नका लागि तयार रहेको अण्डा र कुखुरा किसानले फाल्दा अनौठो मान्नेको संख्या धेरै थियो । आफूले गरेको उत्पादनले लागत मूल्य पनि उठ्न नसकेपछि किसानले विरोधस्वरूप अण्डा र कुखुरा सडकमा फालेका थिए । जिल्ला कुखुरा […]

रोकिएन कुखुरा र माछाको तस्करी

भारतबाट अवैध रुपमा कुखुरा र माछाको तस्करी हुँदा बाँकेका व्यवसायी मारमा परेका छन् । नेपाल–भारत सीमाको मुख्य नाका जमुनाह हुँदै भारतबाट खुलारुपमा कुखुरा, अण्डा र माछा तस्करी हुँदै आएको छ । नेपाली बजारका तुलनामा भारतमा कुखुरा, अण्डा र माछाको मूल्य कम भएकाले नाफा कमाउन तस्करी हुँदै आएको कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष लालबहादुर खत्रीले बताउनुभयो । व्यापारीले चोरीको बाटो प्रयोग गर्दै तस्करी गर्ने गरेका छन् । नेपालगञ्ज, खजुरा तथा कोहलपुरमा भारतबाट तस्करी गरी ल्याइएको कुखुरा र माछा बिक्रीवितरण भइरहेको छ । जानकी गाउँपालिका–१, साइगाउँ र खजुरा गाउँपालिका–१, राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा, चल्ला र माछा तस्करी हुनेगरेको पाइएको छ । यसरी तस्करी गरिएको कुुखुरा र माछालाई नेपाली उत्पादन भन्दै बिक्री भइरहेको खजुरा –२, सीतापुरका कुखुरा व्यवसायी लक्ष्मीबहादुर थापाले बताउनुभयो । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक रुपमा ठूलो मात्रामा भारतीय कुखुरा र माछा नेपाल ल्याउन नरोकिएपछि आफ्नो व्यवसाय धरापमा परेको उहाँको भनाइ छ । बाँके र बर्दियाका विभिन्न नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली किसान समस्यामा परेका छन् ।

निषेधाज्ञाले कुखुरा व्यवसायी मारमा

कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि भएको निषेधाज्ञाले यहाँका कुखुरा व्यवसायी मारमा परेका छन् । लामो समयदेखिको बन्दाबन्दीका कारण बिक्रीका लागि तयारी अवस्थाका कुखुरा बिक्री नहुँदा व्यवसायीलाई नोक्सानी भएको छ । बजार पसल बन्द भएसँगै कुखुराको व्यापार पनि ठप्पजस्तै बनेको छ ।“कम्तीमा एक महिनादेखि तीन महिनासम्मका ७०० कुखुरा फार्ममा छन्, निषेधाज्ञा खुल्ने अत्तोपत्तो छैन, तीन महिनापछि कुखुरा हुर्किँदैनन्, दानापानीमा ठूलो खर्च आउँछ, समस्या आइलाग्यो”, फुङलिङ नगरपालिका–१ का कुख