संसद्मा एमालेको अवरोध जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ। आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदहरूलाई सभामुखले कारबाही गरेको सूचना प्रकाशन नगरेको विरोधमा एमालेले लामो समयदेखि संसदमा विरोध जनाइरहेको छ। आजको बैठक पनि सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी सुरु गरेका छन्। आफ्ना माग सम्बोधन नभएसम्म संसद् अवरोध गरिरहने एमालेको भनाइ छ। त्यस्तै, संसद बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित  भएको थियो।संसदको अवर