एमाले डडेल्धुरामा चर्कियो असन्तुष्टि : अमरगढी नगरपालिकाका प्रमुख भन्छन्, मेयर पद बिक्री गरियो

डडेल्धुरा : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले डडेल्धुरामा असन्तुष्टि बढेको छ। आइतबार नेकपा एमालेले नेपाली कांग्रेस बिपीसँग तालमेल गर्ने निर्णय गरेपछि पार्टीमा असन्तुष्टि बढेको हो।एमालेका नेता तथा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपीन) ले आइतबार साँझ पत्रकार सम्मेलन गरी असन्तुष्टि व्यक्त गरेका छन्। तालमेल गर्ने निर्णयमा हस्ताक्षर भएको केही समयमै मेयर ओझाले असन्तुष्टि पोखेका हुन्। उनीसहित अन्य केही नेता सहमतिको विरुद्धमा उभिएका छन्।एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका