सरकारलाई बाढी, पहिरो पीडितहरूको बसोबासको व्यवस्था गर्न आग्रह

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिमका विभिन जिल्लाका बाढी, पहिरो पीडितहरूको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डडेल्धुरालगायतमा बाढी र पहिरोमा परेर ३२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घटनामा परेर १२ जना बेपत्ता भएका छन् । […]