मुगुकी ९ वर्षीया बालिका हत्याको विरोधमा माइतीघरमा विरोध प्रदर्शन

काठमाडाैं : मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।चैत २१ गते शनिबार हराएकी मुगु सोरु गाउँपालिकाकी ९ वर्षीया बालिकाको शव तीन दिनपछि सोमबार कर्णाली नदीमा फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विद्यार्थीहरूले आज माइतीघरमा विरोध जनाएका हुन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही माग राखी विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।मुगुमा तीन दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या आशंका  .gr

सम्बन्धित सामग्री

पाँच वर्षकै उमेरमा बलात्कृत भएकी बालिका, जो शिक्षण अस्पतालमा छट्पटाउँदै छिन्

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जको बालरोग कक्षभित्र जनरल वार्डभित्र बेड नं ९१४ मा छट्पटाइरहेकी ५ वर्षीया बालिका निर्मला मल्लाह (नाम परिवर्तन) को जीवन कोपिलामै चुडिएको छ । दाइने गालामा धारिलो हतियारले छाला र मासु निकालेजस्तो गहिरो चोट छ । देब्रे आँखाको तल्लो भाग काटिएको छ । उनी देब्रे आँखा खोलेर हेर्न सक्दिनन् । घाँटीमा गहिरो निलो दाग छ । ओठको माथिल्लो भागको एउटा चोक्टा नै निकालिएको छ । योनाङ्गमा गहिरो घाउ लागेको छ । अनुहार पूरै सुन्निएको छ । दिशा पिसाबका लागि कोखाबाट पाइप लगाइएको छ । नि

Ratopati