काठमाडौं : बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज परेको छ ।पाटन उच्च अदालतमा हुने पेसीमा आजै बहस र फैसला हुनसक्ने सम्भावना रहेको छ। गत साता नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए। उनका कानुन व्यवसायीले गत २९ मंसिरमा पुनरावेदन गरेका थिए।आफू निर्दोश भएको दाबी गर्दै आएका लामिछानेले भने बाहिरै बसेर पनि अनुसन्धानलाई सहयोग गर्ने जिकिर गरेका छ