सुनथराली विमानस्थल : धावनमार्ग कालोपत्र गर्न सुरु

काठमाडौँ,१४ मँसिर । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ । कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल विसं २०४२ बाट निर्माण गर्न थालिएको थियो । आगामी माघ मसान्तभित्र धावनमार्ग कालोपत्रको काम सक्ने लक्ष्य राखिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो । “३७ वर्ष […]

सम्बन्धित सामग्री

पहाडको टाउकोमा विमानस्थल, यात्रु पुग्न केबुलकार चाहिने

राज्यले करिब ४ दशक लगाएर कालिकोटको कोटबाडामा सुनथराली विमानस्थल निर्माण गरे पनि यो प्रयोगविहीन बनेको छ । २०७३ माघ २९ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले परीक्षण उडान गरेयता विमानस्थलमा जहाज आएको छैन । २०४२ सालबाट बनाउन सुरु भएको यो विमानस्थलको धावनमार्ग गत वर्ष कालोपत्रे गरिएको थियो । सरकारले यो विमानस्थल बनाउन करोडौं रुपैयाँ खर्च गरिसकेको […]

सुनथराली विमानस्थल : धावनमार्ग कालोपत्र गर्न शुरु

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ ।

सुनथराली विमानस्थल : धावनमार्ग कालोपत्र गर्न शुरु

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ ।

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्तभित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि वैशाखको पहिलो हप्तादेखि काम सुरुआत हुने बताइएको छ ।      विमानस्थलको टावर र भवन वरपर माटो काट्ने र नाला बनाउने काम सम्पन्न भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए । ‘वैशाख पहिलो हप्तादेखि विमानस्थलको धावनमार्गमा कालोपत्रे शुरू गर्नेगरी काम भइरहेको छ ।’ उनले भने, ‘लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थल पछिल्लो वर्ष द्रुत गतिमा काम भएको हो ।’      विमानस्थलसम्म सडक नपुग्नु, विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम कछुवाको गतिमा भएको थियो । यस आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई प्राधिकरणले समयसीमा दिएको छ । धावनमार्ग ६९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने छ । विसं २०४२ देखि हालसम्म विमानस्थल निर्माणमा रु ३९ करोड खर्च भइसकेको जनाइएको छ । विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीलाई समस्या भएको गौरी पार्वती श्याम एण्ड शङ्कर जेभीका प्रतिनिधि कमल केसीले जानकारी दिए । रासस