अल्ट्रा धाविकाको कथा : बिहेको प्रस्ताव आउँदा फरार, धाविका बनेर चमत्कार

सुर्खेत : कर्णाली प्रदेशको जुम्लामा अहिले पनि बालविवाहको समस्या व्याप्त छ। २०६८ को जनगणनाअनुसार जुम्लामा ६९ प्रतिशत बालबालिकाले बालविवाह गर्ने गर्छन्। कानुन मिचेर कतै परिवारको दबाव त कतै आफूखुसी पनि बालविवाह हुने गरेको छ।बालविवाहकै कारण सानैमा आमा बन्दा जुम्लाका सयौं किशोरीले अकालमा ज्यान गुमाएका छन् भने धेरैले पढ्दापढ्दै स्कुल छाड्ने गरेका छन्।अहिले पनि बालविवाहका कारण जुम्लाका हजारौं किशोरी यी र यस्तै समस्याको चंगुलबाट उम्किन सकेका छैनन्। तर एक कोशोरी ! जो आफ्नै बुद्धिले सजिलै यस्ता समस्याको च