चालक अनुमतिपत्र : संघ र प्रदेशको आ–आफ्नै नियम

काठमाडौं । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्यविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने शतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । संघीय ऐनमा पाँच–पाँच वर्षमा चालक अनुमतिपत्र नवीकरणको व्यवस्था छ । बागमती प्रदेश सरकारले बनाएको ऐनमा भने १०/१० वर्षमा नवीरकरण गर्ने व्यवस्था छ । यसैगरी विदेशमा बनाइएका ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपाली चालक अनुमतिपत्र दिइने व्यवस्था संघीय ऐनमा छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा नेपालीकरणको व्यवस्था भए पनि प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयले सोझै अनुमतिपत्र दिन मानेका छैनन् । प्रयोगात्मक परीक्षा (ट्रायल)पास गरेपछि मात्रै अनुमतिपत्र दिन सकिने कार्यालयले बताउँदै आएका छन् ।      चालक अनुमतिपत्र नेपालीकरण, परीक्षा प्रणाली र नवीकरण उदाहरण मात्रै हुन् । नयाँ संविधान जारी भएपछि यातायात क्षेत्र खासगरी चालक अनुमतिपत्रमा संघ र प्रदेशबीच कार्यक्षेत्रमा अन्योल देखिएको छ । संघले एकथरी निर्णय गर्दा वा संघीय ऐनमा एकथरी व्यवस्था हुँदा प्रदेशले अर्कै किसिमको ऐन बनाएको छ । यातायात प्रदेश सरकारको एकल अधिकार बताउँदै संघीय सरकारको ऐन, कानून, निर्णय नमान्ने गरेको पाइएको छ । अनुमतिपत्रमा देखिएका समस्या प्रदेश सरकार आफै पनि समाधान नगर्ने र संघीय सरकारको निर्णय पनि नमान्दा समस्या आएको विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । अहिले अनुमतिपत्र छपाइ र सफ्टवेयर बाहेक बाँकी सबै जिम्मेवारी प्रदेश सरकारको हो । सप्mटवेयरमा समस्या आउँदा सुधारका लागि विभाग तयार रहेको उनले जानकारी दिए । संघीय ऐनसँग प्रदेश ऐन बाझिएकाले पनि पटकपटक समस्या आएको छ । संघीय सरकारले संविधानअनुसार ऐन बनाउन बाँकी छ भने कतिपय प्रदेशले ऐन बनाएर लागू गरिकसकेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विधेयक छलफलका क्रममा छ । प्रदेशले बनाएको कानून बाझिँदा कसरी कार्यान्वयन गर्ने भनी समस्या देखिन थालेको महानिर्देशक घिमिरेले बताए । प्रदेशले एकल अधिकारको सूचीमा भएकाले संघीय कानूनको बेवास्ता गरेर ऐन बनाए पनि कार्यान्वयन सजिलो नभएको उनले जानकारी दिए । ‘यातायातका धेरै विषय अन्तर प्रदेश जोडिने भएकाले कार्यान्वयन सजिलो छैन,’ उनले भने । कानूनकै विषयमा कतिपय अस्पष्टता रहेको र कतिपय विषय कार्यान्वयन सजिलो नभएको उनले बताए । प्रदेशभित्र चल्ने सवारीसाधनको भाडादर निर्धारणको जिम्मेवारी प्रदेश सरकारको हो भने अन्तर प्रदेश चल्ने सवारीसाधनमा भाडादर निर्धारणको जिम्मेवारी संघीय सरकारको हो । कतिपय प्रदेशबीचको दूरी १५ मिनेट मात्रै भएको र प्रदेश प्रदेशबीच फरक–फरक भाडादर कायम हुँदा कार्यान्वयन अप्ठ्यारो हुन सक्ने उनले बताए । ‘नयाँ बन्ने संघीय ऐनमा पनि यी कुरा समेट्न आवश्यक छ,’ उनले भने । लामो समयदेखि अनुमतिपत्र नेपालीकरण रोकिएकाले सेवाग्राही हैरान छन् ।  पहिले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले नेपालीकरण गर्दा कतिपय कागजात नक्कली भएकाले कर्मचारी कारबाहीमा परेका थिए । त्यसयता अरू यातायात कार्यालयले पनि नेपालीकरण गर्न मानेका छैनन् । गलत काम गर्ने व्यक्ति कारबाहीमा परे पनि ऐनमा भएको व्यवस्था नै कार्यान्वयन गर्दिनँ भन्न नमिल्ने महानिर्देशक घिमिरेले बताए । संघीयताको कार्यान्वयनसँगै यातायात क्षेत्रमा अधिकार क्षेत्रको विवाद देखिन थालेको हो । पहिले संघीय सरकारअन्तर्गत रहेका कार्यालय प्रदेशअन्तर्गत हस्तान्तरण भए पनि कार्यान्वयनमा भने समस्या देखिएको छ । कानून निर्माणदेखि कार्यान्वयनसम्ममा दुवै सरकारबीच समन्वय आवश्यक भए पनि आ–आफ्नो तरिकाले चल्दा यसको मारमा सेवाग्राही परिरहेका छन् । रासस

सम्बन्धित सामग्री

बन्न सकेन चालक अनुमतिपत्र ‘स्मार्ट’

एक वर्ष पहिले चालक अनुमतिपत्र नवीकरणका लागि एकान्तकुनास्थित कार्यालयमा गएका भक्तपुरका पुजन फुँयाल यसबीचमा तीन पटकसम्म कार्यालय पुगिसकेका छन्। यस पटक पहिले यातायात विभागमा सम्पर्क गर्दा सन् २०२१ का सबै कार्ड छापी सकिएको भनेकाले आफू कार्यालय पुगेको उनले बता...

बन्न सकेन चालक अनुमतिपत्र ‘स्मार्ट’

काठमाडौँ, ३० साउन । ‘स्मार्ट’ भन्नासाथ के बुझ्नुहुन्छ ? अहिले समयमा जोकोहीलाई ‘स्मार्ट’ शब्द भन्नाले छोटो समयमा र सजिलो तरिकाले सेवा उपलब्ध गराउने नयाँ प्रणाली भन्ने लाग्नु स्वभाविक हो । चालक अनुमतिपत्रका हकमा भने यो कुरा ठ्याक्कै विपरित भएको छ । ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि नागरिकले सेवा लिन (चालक अनुमतिपत्र लिन) झन ढिला र […]

अझै ‘स्मार्ट’ बन्न सकेन सवारी चालक अनुमतिपत्र!

सञ्चिता घिमिरे- काठमाडौं : ‘स्मार्ट’ भन्नासाथ के बुझिन्छ? अहिलेको समयमा जोकोहीलाई ‘स्मार्ट’ शब्द भन्नाले छोटो समयमा र सजिलो तरिकाले सेवा उपलब्ध गराउने नयाँ प्रणाली भन्ने लाग्नु स्वभाविक हो। सवारी चालक अनुमतिपत्रका हकमा भने यो कुरा ठ्याक्कै विपरित भएको छ। ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि नागरिकले सेवा लिन (चालक अनुमतिपत्र लिन)…

बन्न सकेन चालक अनुमतिपत्र ‘स्मार्ट’

– सञ्चिता घिमिरे‘स्मार्ट’ भन्नासाथ के बुझ्नुहुन्छ ? अहिले समयमा जोकोहीलाई ‘स्मार्ट’ शब्द भन्नाले छोटो समयमा र सजिलो तरिकाले सेवा उपलब्ध गराउने नयाँ प्रणाली भन्ने लाग्नु स्वभाविक हो । चालक अनुमतिपत्रका हकमा भने यो कुरा ठ्याक्कै विपरित भएको छ । ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि नागरिकले सेवा लिन (चालक अनुमतिपत्र लिन) झन ढिला र हैरानी पाएका छन् । एक वर्ष पहिले चालक अनुमतिपत्र नवीकरणका लागि एकान्तकुनास्थित कार्यालयमा गएका भक्तपुरका पुजन फुयाल यसबीचमा

तनहुँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण सुरु

यातायात व्यवस्था कार्यालय तनहुँमा आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयबाट अनुमतिपत्र नवीकरण सुरु हुन लागेको हो ।सवारी चालक अनुमतिपत्र जुनसुकै कार्यालयबाट जारी भएको भएता पनि सेवाग्राहीको स्थायी बसोबास गण्डकी प्रदेशभित्र भएको हुनुपर्ने निमित्त कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिए । डिएलआरएस र इडिएलभिआरएसमा रहेको वि

जुम्लामा चार वर्षपछि बल्ल चालक अनुमतिपत्र वितरण गरिने

चार वर्षपछि जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण हुने भएको छ । पछिल्लो समय सवारी चाप बढ्दै गएपछि जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएको हो ।जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएपछि यहाँका सवारी चालकमा खुसी छाएको छ  । ऋण जोहो गरेर अटो खरिद गरी सञ्चालन गरेपनि सवारी चालक अनुमति पत्र नहुँदा जरिवाना तिर्न बाध्य भएका जुम्लेलीले अब जिल्लामै चालक अनुमतिपत्र पाउने भएपछि उनीहरु खुसी भएको स्थानीयवासी पदम बुढाले बताए । विगत चार वर्षदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र दिइने कार्य गत फागुन अन्त

छ महिनामा सात लाख चालक अनुमतिपत्र छापिने

लामो समयसम्म विभिन्न कारण चालक अनुमतिपत्र नियमित छपाइ हुन सकेको थिएन। अहिले दैनिक तीन ‘सिफ्ट’ मा छाप्न थालिएको विभाग प्रवक्ता डा.लोकनाथ भुषालले बताए।...

सुदूरपश्चिममा परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु

काठमाडौं, असोज १३ । सुदूरपश्चिम प्रदेशमा पनि परीक्षणकालीन चालक अनुमतिपत्र वितरण शुरु गरिएको छ । डिजिटल सवारी चालक अनुमतिपत्र पत्रका लागी १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो । अब परीक्षणकालिन अनुमतिपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधिमा […]

लहानबाट अस्थायी चालक अनुमतिपत्र वितरण

यातायात व्यवस्था कार्यालय लहानले मंगलबारबाट क्यूआर कोर्डसहितको अस्थायी सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको छ।...

सवारी चालक अनुमतिपत्र पुनः वितरण

काठमाडौं। कोरोना महामारिको दास्रो लहरका कारण स्थगित भएको सावारी चालक अनुमतिपत्र फेरि वितरण गर्न लागिएको जनाइएको छ। निर्धारित स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी असार८ गतेदेखि वितरण गर्न लागिएको हो। मंगलबार दुईसय वटा सवारी चालक अनुमतिपत्र वितरण गरिने यातायात व्यवस्था कार्यालयले बताएको छ। ७०/७० काेटा संख्यामा अनुमतिपत्र नविकरण र ट्रायल परीक्षा उतिर्ण भएकाहरूसँग राजस्व संकलन गर्ने कुरा पनि कार्यलयले खुलाएकाे छ।