काठमाण्डाै - आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहनेछ ।
जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि दशैँभर सामान्यतया मौसम सफा रहने जनाएको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि दशैँभर मौसम सफा रहनेछ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा मेघगर्जनसहित हल्क...