एमसीसीको व्याख्यात्मक टिप्पणी छलफलका लागि संसदमा पेश

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका छन्। सत्तारुढ गठबन्धनले तयार पारेको अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी अर्थमन्त्री शर्माले छलफलका लागि सदनमा पेश गरेका हुन्। संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसिसीको व्याख्यात्मक टिप्पणी पास गरेको थियो।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्ले पास गर्‍यो एमसिसीको व्याख्यात्मक टिप्पणी, संसदमा पेश गरिँदै

काठमाडौँ- सत्तारुढ गठबन्धनले एमसिसी पारित गर्ने बाटोका रुपमा ल्याएको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्‌को संसद भवन बानेश्वरमा बसेको आकस्मिक बैठकले पास गरेको छ। एमसिसीको व्याख्यात्मक टिप्पणी संसद बैठकमा पेश गर्न‍े गरी मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। एमसिसीमाथि सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको विरोध रहे पनि व्याख्यात्मक टिप्पणीको बहानामा एमसिसी पारित गर्न उनीहरु तयार भएका […]

व्याख्यात्मक टिप्पणीले एमसीसी परिमार्जन हुँदैन : डा.मिनेन्द्र रिजाल

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले एमसीसी सम्झौताका सम्बन्धमा संसदमा व्याख्यात्मक टिप्पणी गरिए पनि त्यसले सम्झौतालाई परिमार्जन, विकसित वा परिवर्तन गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै डा.रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलको आग्रहमा व्याख्यात्मक टिप्पणीका लागि सहमति जनाएको प्रस्ट पारे ।उनले एमसीसी सम्झौताका कारण नेपाल रणभूमि बन्न थाल्यो भनेजसरी छलफल भइरहेकोमा पनि आपत्ति जनाए । सत्तामै रहेका दलका केही नेताले

बाबुरामको कटाक्ष- व्याख्यात्मक टिप्पणी पातलो लँगौटीले लाज छोप्ने प्रयास (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता बाबुराम भट्टराईले एमसीसी सामान्य अनुदान भए पनि यसलाई अनावश्यकरूपमा कोट्याउँदै लगरेर विषाक्त बनाइएको बताएका छन् । आइतबार संसदमा एमसीसीमाथिको छलफलमा भाग लिँदै भट्टराईले पहिले विषाक्त पार्नेहरू अहिले सहमतिमा आउनु सकारात्मक भएको बताए । ‘एमसीसी समान्य अनुदान सम्झौता थियो,’ भट्टराईले भने, ‘कोट्याउँदै गर्दा यो क्यान्सरजस्तै बनेको छ । अहिले […]

एमसीसी सम्झौताबारे प्रतिनिधि सभामा शुरु भयो छलफल

फागुन १५, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा केहि बेरअघि सैद्धान्तिक छलफल शुरु भएको छ । निर्धारित  समयभन्दा ढिला शुरु भएको आइतवारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन बीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीबारे व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन्।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताएका छन्।  अध्यक्ष ठाकुरले उक्त सम्झौता कार्यान्वयनपछि नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गरे। त्यसैगरी नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गरिए पान्डोराज बक्स खोलेजस्तो हुने बताएका छन्।  उता नेकपा(एमाले) का सांसद भीम रावलले एमसीसी प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकार गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा होहल्लाका बीचमा एमसीसी सम्झौता पेस हुनु आपत्तिजनक भएको पनि बताए।  राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन गर्न नहुने बताइन्। उनले एमसीसी अनुमोदन गर्दा  नेपालको राष्ट्रिय स्वाधीनतामा समस्या आउने दाबी पनि गरिन् ।  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताए । उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको पनि बताए । उता प्रमुख विपक्षी नेकपा (एमाले) का सांसदहरुले भने रोष्टममा नाराबाजी गरिरहेका छन् । #अद्यावधिक   यो पनि हेर्नुस् : आज प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन होला त ?