चितवन १ मा घन्टीका ढकाल विजयी

काठमाडौँ– चितवन क्षेत्र नम्बर एकको प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन्। ढकालले ३४ हजार १ सय ८९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेललाई २४ हजार ९ सय ९० मत प्राप्त भएको छ।