यस्ता छन् ७ गते बसेको मन्त्रिपरिषद बैठकका १३ निर्णय, व्याकुल माइलाको भत्ता दोब्बर

यस्ता छन् असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय : १. Third Ministerial Conference on Regional Economic Cooperation and Integration in Asia and the Pacific HT सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति दिने।२.राष्ट्रिय सतर्कता प्रहरी (तेस्रो संशोधन) नियमावली, २०७९/ स्वीकृत गर्ने।३. क्यानडाको ओटावामा २०७९ साल असोज १९ देखि २० सम्म आयोजना हुने डिजीटल समीट (Digital Summit)मा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय तिलक परियारलाई स्वीकृति दिने। ४. वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आ.व. २०७९/८० का लागि राजपत्राङ्कित स्तरका पदको अस्थायी दरवन्दी स्वीकृत गर्ने। ५. प्राइभेट फर्म रजिष्ट्रेशन(चौधौं संशोधन) नियमावली, २०७९ लाई स्वीकृत गर्ने। ६. दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने। ७. चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।८. माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको प्रसारणलाईनको आर.ओ.डब्लु. र टावर प्याड संरचनाहरु निर्माण गर्नका लागि सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड न.पा. वडा नं.-३,४,५,६ र ११ मा रहेको राष्ट्रिय वन भित्रको ५.८११ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने।९. विभिन्न स्थानीय तहहरूलाई विभिन्न प्रयोजनको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने।१०. विज्ञापन बोर्डका लागि आर्थिक वर्ष २०७९/८० को लागि अधिकृतस्तरका कर्मचारीहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने।११. सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्यूनीकरण गरी नागरिकको आवागमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारी साधनको यान्त्रिक परीक्षण, भारबहन क्षमता, सवारीको गति, टाइम कार्डको अवलम्वन लगायतका विषयमा अनुगमन, नियमन, सुपरिवेक्षण, निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिने। १२. संस्कृतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसङ्ख्या मनत्रालयले एक जना नर्स उपलब्ध गराउने। १३.  राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैंया भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा बृद्धि गरी मासिक पचासहजार रुपैया उपलब्ध गराउने।

सम्बन्धित सामग्री

नवगठित मन्त्रिपरिषद बैठकले गर्यो यस्ता निर्णय

नवगठित सरकारको मन्त्रिपरिषद् बैठककले विभिन्न निर्णय गरेको छ । फागुन २८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय आज मंगलबार सार्वजनिक गरिएको हो । बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले ती निर्णयहरुबारे जानकारी दिनुभएको हो । सरकारले २०८१ वैशाख २० देखि २३ गतेसम्म …

यस्ता छन् मन्त्रिपरिषद बैंठकका निर्णयहरु

काठमाडौं । सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बसेको मन्त्रिपरिषदको बैंठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि. प्रशारणलाइन निर्माणका लागि […]

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

सरकारले २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको विराटनगर विमानस्थलसम्बन्धी निर्णय खारेज गरेको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बैठकका निर्णय सार्वजनिक गर्दै विसं. २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद्को  विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय खारेज गरेको हो । बैठकले उक्त जग्गा प्रा

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम ५९ करोड, ८६ लाख, ८० हजार रुपैयाँ अनुदान स्वरुप उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयमार्फत नेपाल आयाल निगमलाई उपलब्ध गराउने भएको छ । असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सोमवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताए ।उनका अनुसार सरकारले  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का धिरजप

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठक : यस्ता छन् ९ निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद  बैठकले ९ वटा निर्णय गरेको हो । जसमा गाउँपालिका केन्द्र परिवर्तन गर्न सरकारलाई प्रस्ताव गर्नेदेखि  कानून मस्यौदा कार्यदलका सदस्यहरु नियुक्ती सम्मका निर्णय रहेका छन् । बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा.राजेन्द्र खनाललाई हटाउने निर्णय गरेको छ । उनको स्थानमा डा.इन्द्र ढकाललाई निमित्त मेसु नियुक्त गर्ने र डा. खनाललाई कोभिड अस्पताल सञ्चालन तथा व्यवस्थापन समि

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

सरकारले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयको समस्या बारे अध्ययन गरि प्रतिवेदन बुझाउने बैठक पछि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी द

यस्ता छन् मन्त्रिपरिषद बैठकका १७ निर्णय

काठमाडौं । सरकारले रेलवे सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।बैठकले सेनाका डा.देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ठ श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव आनन्दराज ढकाललाई काजमा खटाउने निर्णय गरेको छ ।पुस १० र १५ गते बसेको मन्त्रिपरिष