उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुँदा चहलपहल बढ्यो

 असार १५, काठमाडौं । दुई महीनापछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ । वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो ।      काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमवारको बैठकले मंगलवारदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । निर्णयबमोजिम मंगलवार उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ ।      निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदूरका कारण सबै यातायात भने चल्न सकेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने २५ भन्दा बढी सिट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ । दुई महीनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या रहेको भन्दै महासंघले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको हो ।      महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमवारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताउँछन् । विसं २०६९ देखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्नसमेत महासंघले माग गर्दै आएको छ । डिजेलको भाउ ९५ रुपैयाँ हुँदा तोकिएको भाडा भाउ बढेर १०९ रुपैयाँ पुग्दासमेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको उनले बताए । रासस  

सम्बन्धित सामग्री

तस्वीर : नयाँ बसपार्कमा टिकट लिन आएका सर्वसाधारणहरु

काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा उपत्यका बाहिर जानका लागि शनिवार अपरान्ह टिकट लिन आएका सर्वसाधारणहरु । सरकारले स्वास्थ्यका मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्न शनिवारदेखि अनुमति दिएपछि बसपार्कमा यातायात व्यवसायी र सर्वसाधारणको चहलपहल बढेको छ । तस्वीर : प्रकाश केसी/  आर्थिक अभियान

सार्वजनिक यातायात तत्काल सञ्चालन नगर्न सुझाव

फाइल तस्बिर । काठमाडौं । उपत्यका नगरपालिका फोरमले उपत्यकमा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था

सार्वजनिक यातायात तत्काल सञ्चालन नगर्न सरकारलाई नगरपालिका फोरमको सुझाव

काठमाडौं : उपत्यका नगरपालिका फोरमले उपत्यकामा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहेको बताएको छ। फोरमको मंगलवार बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको छ। काठमाडौं उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाइ गर्न पनि बैठकले माग गरेको