भूकम्पपछि गाउँमा घर बढे, मान्छे घटे

भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माणका क्रममा गाउँमा घरहरू बढे पनि मान्छे गाउँ छाडेर सहर छिर्ने क्रम बढेपछि गाउँका घर रिक्तै हुन थालेका छन् । २०७२ वैशाख १२ गते र २९ गतेको विनासकारी भूकम्पले नराम्ररी प्रभावित भएको १४ जिल्लामध्ये एक हो दोलखा । वैशाख १२ गतेको केन्द्रविन्दु गोरखामा भए तापनि २९ गतेको केन्द्रविन्दु दोलखाको सुनखानी हो । […]

सम्बन्धित सामग्री

विकास गाउँ पुग्यो मान्छे सहर पसे

दोलखाको वैतेश्वर गाउँपालिका–४, काब्रे ठूलोवनको शेर्पा गाउँ हिजोआज सुनसान बनेको छ। २०७२ सालको भूकम्प जानुअघि गाउँमा १९ घरपरिवार बसोबास गर्दै आएकामा अहिले चार घरपरिवार मात्रै छन्। ठूलोवनको शेर्पा गाउँमा बसोबास गर्ने १५ घरपरिवारले भूकम्पपछि पुख्र्यौली थलो छाडेका हुन्। गाउँका धेरै जना सहर र विदेश पस्दा गाउँ रित्तै बनेको स्थानीय दानिमा शेर्पाले बताउनुभयो। यो टोलमा उहाँ एक्लै हुनुहुन्छ। परिवार र गाउँका सबै काठमाडौँ र नजिकका सहर लागेपछि आफू एक्लै बस्दै आएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “टोलमा भूकम्पपछि बनेका चारवटा घर अहिले रित्तै छन्। सुविधा खोज्दै नयाँ पुस्ता सहर लागे। अहिले गाउँमै भएका सुविधा र विकासको उपयोग गर्ने मान्छे नै छैनन्। दुई/चार जना बुढेसकाल लागेका दाजुभाइ मात्रै गाउँमा छन्।”