जनार्दन शर्माको नीतिले विदेशमा यसरी फसे देउवा

२५ भदौ २०७८ मा जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउँदा वातावरणीय दृष्टिले विश्वका विभिन्न देशले अस्वीकार गरिसकेको ‘इन्डक्सन फर्नेस’ प्रविधिलाई प्रोत्साहन गरिदिए । भारत सहितका विभिन्न देशका स्पञ्ज आइरनको आयात गरेर नेपालमा बिलेट बनाउने प्रविधि भनेको इन्डक्सन फर्नेस प्रविधि हो ।यो विधि भनेको तुलनात्मक रुपमा अत्यन्त बढी वातावरण प्रदूषण गराउने विधि हो । उच्च आर्थिक हैसियत भएको चीनदेखि कमजोर आर्थिक अवस्था रहेको इन्डोनेसीयाले समेत यो प्रविधि हटाईसकेका छन् । यो प्रविधिबाट बिलेट बनाउँदा स्पञ्ज आइरनको २० प्रतिशत हिस्सा धुलो बनेर उडेर हावामा मिल्छ । जसले वातावरण दूषित बनाउँछ ।‘यो प्रविधिबाट बिलेट बनाउँन १ सय किलो स्पञ्ज घान हालियो भने ८० किलो मात्रै बिलेट निस्किन्छ’ यो विषयका एक जना जानकार भन्छन्, ‘त्यो ८० किलो बिलेटबाट पनि तयारी फलाम जम्मा ७६ किलो मात्रै निस्किन्छ । अहिले जनार्दन शर्माले लिएको नीतिले १ सय किलो स्पञ्ज आइरनमध्ये २४ किलो त हावामा गएर हावालाई नै दूषित बनाईरहेको छ । फलामको धुलो मिसिएको हावाले मानव स्वास्थ्यलाई कस्तो असर गर्ला ? आफैँ बुझौँ अब ।’एकातिर वायु प्रदूषण, अर्कोतिर ‘कोप २६’मा महत्वकांक्षी बाचाअर्थमन्त्री (हाल राजीनामा दिएर बसेका जनार्दन शर्मा) ले बजेटमार्फत वायु प्रदूषणलाई प्रोत्साहन गर्ने नीति अंगिकार गरेको २ महिना पनि नपुग्दै प्रधानमन्त्री शेरबहादुर देउवा तीव्र जलवायु परिवर्तन नियन्त्रणका लागि ‘कोप२६ सम्मेलन’लाई सम्बोधन गर्न पुगे ।कोप२६ सम्मेलनलाई १६ कार्तिक २०७८ मा देउवाले सम्बोधन मात्रै गरेनन्, नेपालले जलवायु परिवर्तन नियन्त्रणका लागि निकै महत्वकांक्षी र ठूला आँकडा पेश गरिदिए ।सन् २०४५ सम्ममा नेपालको कार्बन उत्सर्जन शून्य हुने दाबी पेश गरिदिए । जबकी, प्रदूषणको पारो दिनदिनै उकालो लागिरहेको छ ।सोही सम्मेलनमा देउवाले सफा नवीकरणीय ऊर्जाको भाग पनि कुल उर्जाको १५ प्रतिशत बनाउने भनिदिए । कुल क्षेत्रफलमा बनको भाग ४५ प्रतिशत बनाउने पनि बताए ।तर, अन्तराष्ट्रिय मञ्चमा गएर बोलेको विषय र आफ्नै देशको बजेटले लिएको बाटो एकै थिएनन् । किनकी, देउवाले विदेशी मञ्चमा वायू प्रदूषण रोक्ने र कार्बन उत्सर्जन शून्यमा झार्ने दाबी पेश गरिरहँदा उनकै नेतृत्वको क्याबिनेटका अर्थमन्त्री शर्मा भने वायु प्रदूषण बढाउने विश्वबाटै ‘फेल’ भईसकेको प्रविधिका विषयमा उठेका प्रश्नमा जवाफ दिँदै आफ्नो बचाउ गरिरहेका थिए ।सम्बन्धित क्षेत्रका विज्ञहरुले यो विषय त्यतिबेला पनि उठाएका थिए । आफ्नै नेतृत्वको सरकारको बजेट, कार्यक्रम तथा नीति नबुझ्दा प्रधानमन्त्री देउवाले महत्वकांक्षी कुरा अन्तराष्ट्रिय फोरममा राखेको भन्दै उनको आलोचना भएको थियो ।यद्यपी, देउवाले राखेका ती विषयहरु आवश्यक भएपनि सरकारको नीति भने उल्टो बाटोमा रहेको भन्दै पर्यावरणीय क्षेत्रका जानकारहरुले देउवालाई त्यतिबेला नै सचेत गराएका थिए ।जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औँ सम्मेलन (कोप–२६) २०७८ कात्तिक १२ देखि २६ सम्म स्कटल्यान्डको ग्लास्गोमा आयोजना भएको थियो । तर, प्रधानमन्त्री देउवा भने १६ गते सम्मेलनलाई सम्बोधन गरेर कात्तिक १७ गते नेपाल फिर्ता भएका थिए ।अझ स्मरणीय कुरा के छ भने, चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमा पनि जनार्दन शर्माले वातावरण प्रदूषण गराउने सोही नीतिलाई निरन्तरता दिएका छन् ।

सम्बन्धित सामग्री

विदेशमा नेपाल टेलिकमकाे रोमिङ सेवा पहिलेभन्दा सस्तो

काठमाडौँ– नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको छ । विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता अनुसार सस्तो दररेटमा सेवा सञ्चालन गरिएको […]

कसरी गर्ने विदेशमा विवाह र सम्बन्ध विच्छेद (भिडियो सहित)

नेपाली नागरिकले विदेशमा गरेको विवाह वा सम्बन्ध विच्छेदले पनि नेपालमा मान्यता पाउँछ। विदेशमा रहँदा कुनै नेपाली नागरिक वा विदेशी नागरिकसँग विवाह गर्न सकिन्छ।...

के नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउँछन् ?

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ मा भएको व्यवस्थाबमोजिम नेपाली नागरिकले विदेशमा कुनै किसिमको लगानी गर्न पाउँदैनन् । तर, विदेशमै रहेका नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म आर्जन गरेको विदेशी विनिमय वा...

विदेशमा लगानी गर्नेलाई राष्ट्र बैंकले कारबाही गर्ने

नेपाल राष्ट्र बैंकले नेपालमा बसोवास गरी विदेशमा कुनै पनि प्रकारको लगानी गर्न नपाइने प्रस्ट पारेको छ । बैंकले विज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐनले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र तोकिएको...

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सेचत गराएको हो । विदेशमा घर […]

विदेशमा रहेका नेपालीको ‘नोट’ चल्छ, ‘भोट’ चल्दैन

काठमाडौं : रोजगारी, अध्ययन तथा अन्य कामको सिलसिलामा विदेशमा बसेका नेपालीले यो पटकको निर्वाचनमा पनि  भोट हाल्न नपाउने भएका छन्। सरकार तथा राजनीतिक दलहरूले चासो नदेखाउँदा विदेशमा रहेका नेपाली  निर्वाचनमा मताधिकारबाट वञ्चित हुने भएका हुन्। देशको अर्थतन्त्रको आधा हिस्सा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको 'रेमिट्यान्स'ले धानेको छ। सरकारी तथ्यांक अनुसार २१ लाख नेपाली रोजगारीका सिलसिलामा विदेशमा छन्। देशभरि चुनावी माहोल तातेको छ। तर देशको अर्थतन्त्र धानेका नेपालीले भने यस पटक

'विदेशमा बस्ने नेपालीलाई मतदान गर्ने अधिकार दिनुपर्छ'

राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेकी छन्। बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनु पर्ने बताएकी हुन्।...

विदेशमा निर्माण व्यवसाय गर्न पाउने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि निर्माण व्यवसायीका लागि विदेशमा निर्माण व्यवसाय गर्न पाउने व्यवस्था गर्न लागेको छ। आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशमा निर्माण व्यवसाय गर्न अनुमति प्रदान गरिने व्यवस्था गर्न लागिएको बताएका हुन्। यसबाट सेवा निर्यातका थप असर सिर्जना हुने विश्वास सरकारले लिएको छ।

विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण दर घट्यो

काठमाण्डौ – विदेशमा कार्यरत नेपालीहरूमा कोरोना सङ्क्रमण दर घटेको छ । पछिल्लो केही सातादेखि विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण दर घटेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताउनुभयो ।  यस्तै विदेशमा कोरोनाबाट ज्यान गुमाउने दर पनि घटेको छ । गएको साता एक जना नेपालीको पनि कोरोनाबाट विदेशमा ज्यान गएको छैन ।  अहिलेसम्म विदेशका विभिन्न २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ भने ५३ देशमा ६३  हजार ३ सय ७ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्ट...