बोरसिया डर्टमन्ड जर्मन कप फुटबलको च्याम्पियन

बोरसिया डर्टमन्ट जर्मन कप फुटबल लिगको च्याम्पियन बनेको छ । बोरसिया डर्टमन्ड पाँचौं पटक जर्मन कपको उपाधि जित्न सफल भएको हो । फाइनलमा आरबी लेप्जिगलाई ४–१ को फराकिलो अन्तरले हराउँदै बोरसिया डर्टमन्ड जर्मन कपको उपाधि जितेको हो । बोरसियाको जितमा जेडोन साञ्चो र एर्लिङ हालन्डले सामान दुई दुई गोल गर्नुभयो ।