टाइब्रेकरमा चुक्दा जापानको विश्वकप यात्रा समाप्त

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को प्रिक्वाटरफाइनलमा क्रोएसियासंगको खेलमा अग्रता जोगाउन असफल हुँदै टाइब्रेकरमा चुक्दा जापानको यात्रा समाप्त भएको छ । सोमबार राति कतारको अल जनौब रङ्गशालामा भएको प्रिक्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो । खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा …