इम्पेरमेन्ट चार्ज करिब ११८ प्रतिशत बढ्दा जानकी फाइनान्सको नाफा घट्यो

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेड (Janaki Finance Company Ltd.)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड ५३ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको नाफा ७० दशमलव ७६ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज (Impairment Charge) ११७ दशमलव ९१ प्रतिशत बढी भएकाले कुल सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो । गत वर्ष रू. ४ करोड ७२ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. १० करोड २९ लाखभन्दा बढी छ । सञ्चालन नाफा भने गत वर्ष रू. ६ करोड ६४ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. १ करोड ९५ लाखभन्दा बढी मात्र भएको छ ।  हाल कम्पनीको चुक्तापूँजी (Paid Capital) रू. ६९ करोड ४ लाख ७२ हजार छ । गत असार मसान्तसम्म रू. ६ करोड २० लाखभन्दा बढी रहेको रिटेन्ड अर्निङ तेस्रो त्रैमाससम्म भने रू. १९ करोड ५५ लाखभन्दा बढी ऋणात्मक छ । जगेडा कोष रकम भने गत असार मसान्तसम्मको तुलनामा ४५ दशमलव ४३ प्रतिशत बढेर रू. २९ करोड ८२ लाखभन्दा बढी कायम भएको छ ।  तेस्रो त्रैमाससम्म रू. ३ अर्ब ३४ करोड ५६ लाखभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. २ अर्ब ६२ करोड ७७ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ८० प्रतिशत रहेकोमा यस वर्ष २३ दशमलव ६० प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २ दशमलव ९६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव ८८ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

पहिलो त्रैमासमा जानकी फाइनान्सको नाफा २.८ गुणा बढ्यो

कात्तिक १७, काठमाडौं । जानकी फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १८९ प्रतिशत अर्थात् २ दशमलव ८ गुणाले वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ९६ लाख ६४ हजार खुद नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै रू. २ करोड ७९ लाख ४५ हजार नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४७ प्रतिशत र खुद ब्याज आम्दानी २३ प्रतिशत वृद्धि भएको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १९ करोड ४९ लाख ७१ हजार र रिटेण्ड अर्निङमा रू. १९ करोड २३ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ४४ रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. १८ दशमलव ६२ पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. ६० करोड ४ लाख रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३१ दशमलव ९१ गुणा,तरलता अनुपात २५ दशमलव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ५२ रहेको छ ।  यो पनि हेर्नुस् : चालू आवको ९ महीनामा जानकी फाइनान्सको नाफा १ करोड ४७ लाख चौथो त्रैमासमा जानकी फाइनान्सको नाफा २६ % घट्यो निष्क्रिय कर्जा बढेपछि जानकी फाइनान्सको नाफा १७% घट्यो जानकी फाइनान्सको लाभांश घोषणा