नेपाली राजनीतिको लक्ष्यहीन यात्रा

आम निर्वाचनको मिति घोषणा हुने दिन जति–जति नजिक आउँदै छ राजनीतिक दलहरूमा त्यति–त्यति छटपटी बढ्दै छ । नबढोस्

सम्बन्धित सामग्री

जनताको सवाल राजनीतिको मुद्दा बन्नुपर्छ : गगन थापा

१८ माघ, जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप आफूले संवाद यात्रा गरेको बताएका छन् । झापाबाट सुरु गरेको संवाद यात्राको क्रममा बिहीबार महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले समुदायको समस्या बुझ्ने यात्रामा रहेको बताए । जनताको सवाल राजनीति मुद्दा बन्नुपर्ने बताउँदै […]

सरकार गठन हुनासाथ ढाल्न लाग्ने कसरतले समृद्धि आउन्न : सांसद नेपाली

पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका नेताहरूको बाहुल्यता भएकोे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की अनिशा नेपाली भने संसदीय अभ्यासमा नयाँ भए पनि प्रस्तुति, बुझाई र भोगाइका हिसाबले परिपक्व देखिनुहुन्छ । प्रतिनिधिसभाका सांसदमध्ये तुलनात्मकरूपमा कलिलो उमेर, छोटो राजनीतिक यात्रा तथा फरक शैक्षिक विधा रहे पनि सांसद नेपाली निर्धक्कसँग भन्नुहुन्छ, “देशको भविष्य नियाल्दै जनताका आवाज र समृद्धिलाई सुखानुभूति हुने …

'असफल' क्रान्तिका नायक विप्लव : संसद हुँदै सत्ताको दाउपेच

काठमाडौं : संसदीय राजनीति बहिस्कार गरे पनि नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहेका पात्र हुन नेत्रविक्रम चन्द विप्लव। संसदीय प्रणालीलाई नै विद्रोह गरेका विप्लव नेपाली मोडलको समाजवादको वकालत गर्दै हिँडिरहेका छन्। ०६३ मंसिर ५ मा भएको १२ बुँदे समझदारीप्रति नै असन्तुष्टि जनाउँदै आइरहेका विप्लवले माअ‍ोवादी छोडेको १२ वर्ष पूरा भयो। यो अवधिमा उनले न संसदीय यात्रा गरे न क्रान्तिको बाटो नै सफल बनाउन सके। १२ वर्षमा खोलो फर्किन्छ भने झैँ विप्लव पनि १२ वर्षपछि संसदीय यात्राको लयमा फर्किएका छन्।

वैकल्पिक राजनीतिको यात्रा कहाँ चुक्यो ? कहाँ पुग्यो ?

डेढ दशकको 'वैकल्पिक राजनीति' धेरै ठाउँमा चुकेको छ तर खुशीको कुरा- रोकिएर कुनै एउटै बिन्दुमा बसेको छैन, कहीं न कहीं पुगेको पनि छ । कम्तीमा यसले एउटा नयाँ भाष्य र फरक राजनीतिक स्पेस स्थापित गरेको छ ।

‘गठबन्धन संस्कृति’ वैचारिक राजनीतिको ओरालो यात्रा !

गठबन्धनले गएको दुईवटा चुनावमा राजनीतिक बजारमा एकाएक नेता र पार्टीहरूको भाउ घटाउने काम गर्‍यो । जबजब राजनीतिमा निष्ठा, सिद्धान्त र विचारको मृत्यु हुन्छ अनि गठबन्धन, एकता र मिलीजुलीजस्ता शब्दावलीहरू जनताका नजिकमा हुत्याइन्छन् । बास्तवमा यो मतदातालाई वैचारिक रूपबाट बाहिर निकालेर बन्धक बनाउने एक प्रकारको पासो हो। गठबन्धन भन्नु ‘कालेकाले मिलेर खाउँ भाले’ भन्ने प्रवृत्ति हो […]

वैकल्पिक राजनीतिको विस्तार कि अवसान ?

परिवर्तन पर्खेर आउँदैन, पहल गर्नुपर्छ। विधिको शासनलाई सहजै कुल्चिने पुराना दललाई बिदा गर्न सक्ने नयाँ वैकल्पिक राजनीतिक दल जनताको माग र देशको आवश्यकता हो। यसलाई परिपूर्ति गर्न मंसीरको चुनावमा राम्रो परिणाम निकालेर थप पहल गर्नुपर्छ।

म कुनै दलमा प्रवेश गर्दिनँ, नयाँ पार्टी खोल्छु : रवि लामिछाने

काठमाडौं : पूर्वसञ्चारकर्मी रवि लामिछानेले कुनै दलमा प्रवेश नगर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभागृहमा औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले नयाँ पार्टी बनाएर अगाडि बढ्ने बताएका हुन्।पुराना पार्टीसँग मिल्नु भनेको आफू सकिनु भएको उनले स्पष्ट पारे। 'मलाई यो बाटो सहज पक्कै छैन तर असम्भव भने छैन', उनले भने।

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं : पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनितिक यात्रा शुरु गरेका छन्।मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्। क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्।'आफ्नो नेतृत्वमा दल दर्ता गरे पनि यो पार्टी सबै जनताको हो। म सबैलाई खुला हृदयले स्वागत गर्न चाहन्छु', उनले भने।

जीर्ण राजनीति, नेतृत्वको संकट र सम्वृद्धिको यात्रा

राजनीतिको विकास (इभोल्युसन) मा पात्रको परिवर्तनसँगै प्रवृत्तिमा पनि परिवर्तन हुनुपर्ने मान्यता (डिस्कोर्स) लाई नेपालले पच्छ्याउन सकेन। नेपालको राजनीतिक परिवर्तनमा व्यवस्थाको नाम, त्यसका पात्रहरू र शक्ति केन्द्र त बदलिएका छन् तर प्रवृत्ति भने बदल्न सकेको, चाहेको देखिएन। राजनीतिमा पात्र र प्रवृत्ति भिन्न कुरा हुन्। एकाध पात्र बदलिएको देखेर उत्साहित हुने गरेका नेपाली आम नागरिक, मतदातालाई प्रवृत्तिको […]