विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर हुँदै

सात दिवसीय विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पाँचौं दिन अर्थात शुभ विवाहको अघिल्लोदिन मटकोर विधि आज हुँदैछ । सोमबार तिलकोत्सव अर्थात सम्धी मिलन सम्पन्न भएको छ । मंगलबार दिउँसो जनकपुरधामस्थित गंगासागर सरोवरमा विधिवत रुपमा मटकोर कार्यक्रम गरिने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।