भारतमा किसान आन्दोलन : आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्ने

काठमाण्डाै – भारतमा किसानले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् । हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन् । संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ । ६ महिना अगाडि सरकार र किसानबीच वार्ता भइरहेको वार्ता रोकिएको थियो । त्यस यता कुनै पनि वार्ता हुन सकेको छैन । संयुक्त किसान मोर्चाले २६ जनवरीमा निकालेको परेडमा हिंसा मच्चिएको थियो । अहिले संसद भवन बाहिर कुनै हिंसा भड्किए त्यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने किसानले बताएका छन् । दश महिना पहिला पारित भएको कृषि कानुनप्र...