आज पनि माओवादी केन्द्रको स्थायी समिति बैठक

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज पनि बस्दैछ। दिउँसो १ बजेपछि पेरिसडाँडामा बैठकमा मंगलबार तय गरेका विभिन्न कार्यसूचीमा छलफल हुनेछ। मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डसहित अन्य नेताले आफ्नो धाराणा राखेका थिए। विधान संशोधन, संगठनात्मक कार्यदलको काम, नयाँ सरकार गठन लगायतका विषयमा बैठकमा छलफल हुने कार्यसूची छ। बैठकले केन्द्रीय समिति बैठकका एजेण्डासमेत टुंगो लगाउनेछ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी आजको बैठकमा पदाधिकारी चयन, आगामी निर्वाचनलगायत अन्य समसामयीक विषयमा छलफल हुने बताइएको छ। शुक्रबार बसेको स्थायी समिति बैठक...

पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दै छ । पदाधिकारीलाई पूर्णता दिन बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो । महाधिवेशन भएको लामो […]

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं, १ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । दिउँसो १ बजे कैन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले आगामी निर्वाचनको तयारीबारे छलफल गर्ने जनाइएको छ । बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका सर्त र चुनावी रणनीतिबारे छलफल हुनेछ ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बुधबार बस्दैछ । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका विषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो। बैठक मंगलबारबाट सुरु भएको हो। हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समूहलाई गोलाकार भित्रको हसिँया हथौडावा निर्वाचन लडन […]

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी सिमिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगाइपछि आज पहिलो बैठक बसेको हो । आइतबार सुरु भएर बिहीबार सकिएको माओवादीको केन्द्रीय सिमिति बैठकले ४१ सदस्यीय स्थायी समिति सदस्य चयन गरेको थियो । आजको बैठकमा पदाधिकारी चयनका विषयमासमेत छलफल […]

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पार्टी कार्यालय पेसिडाँडामा बसेको हो । आज सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । प्रेस संयोजक सापकोटाका अनुसार बैठकमा […]

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’को प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए। शनिबार बसेको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल भएकोमा त्यसमा थप छलफल गरेर टुंग्याउने तयारी छ। पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने सापकोटाले बताए।

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट जारी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउने बताइएको छ । बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने नेता देव गुरुङले जानकारी दिए ।‘नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेर टुंगोमा पुगिन्छ’ गुरुङको भनाइ छ । यसअघि सो पार्टीको संगठनका केही विषयहरुको

माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ । सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘सोमबारलाई बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ’, सचिव ढकालले भने, ‘सायद नेताहरुको कार्यव्यस्तताले हुनसक्छ ।’माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने ने