विकासले सुधारे राष्ट्रिय कीर्तिमान

साग स्वर्णधारी विकास थापाले १९ औं एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

सम्बन्धित सामग्री

भारोत्तोलनमा विशालसिंहको तीन राष्ट्रिय कीर्तिमान

विशालसिंह विष्टले क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे।...

एसियाडमा दीपकको राष्ट्रिय कीर्तिमान

हाङ्गचौं (हाम्रो खेलकुद)– धावक दीपक अधिकारीले चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान राखेका छन् । शनिबार भएको प्रतिस्पर्धामा दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । १६ जनाले प्रतिस्पर्धा गरेको एसियाडमा दीपकले सातौं स्थान प्राप्त गरेका थिए । दीपकले आफ्नै […] The post एसियाडमा दीपकको राष्ट्रिय कीर्तिमान first appeared on हाम्रो खेलकुद.

निशा चौधरीले बनाईन एथ्लेटिक्समा राष्ट्रिय कीर्तिमान

लुम्बिनी प्रदेशकी निशा चौधरीले एथ्लेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चौधरीले एथ्लेटिक्सतर्फ १०० मिटर हिट चरणमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । शनिबार पोखरा रंगशालामा...

हर्डल्समा जयरानीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ – नेपाल आर्मीकी जयरानी थारुले ४४ औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको दोस्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। जयरानीले छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग […]

दुर्गामानको राष्ट्रिय कीर्तिमान

दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजी मुनि तौलसमूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुन् । प्रतियोगितामा राजाराम सिलवाल दोस्रो भए ।राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो भए । उनले ६०

नासिरको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याहया हुसैनले २४औं राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टायलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दूरी २ मिनेट ००.९२ सेकेन्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको २ मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । नासिरले हितमा उक्त टाइमिङ […]

भारोत्तोलनमा गणेशको राष्ट्रिय कीर्तिमान

नेपाल प्रहरीका गणेश रानाभाटले २४औँ पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राखेका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एन्ड जर्कमा १०१ केजी भार वहन गर्दै कीर्तिमान...

ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा […]

ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइ

ओलम्पिकमा एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औं गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह ‘एलेक्स’ले पुरुष १०० मिटर फ्रीस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । टोकियोको एक्वेटिक सेन्टरमा मंगलवार भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरे । एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने सकिएको छ । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनल...