जेलमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भन्दै ठगेको आरोपमा युवती पक्राउ

डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । काभ्रे घर भई काठमाडौंको सुकेधारा बस्दै आएकी २७ वर्षीया रविना थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्णप्रसाद पंगेनीले रातोपाटीलाई बताए ।बलात्कार उद्योग मुद्दामा ०७८ असार १८ मा पक्राउ परेका चिनियाँ नागरिक लिउ यु अहिले पुर्पक्षका लागि थुनामा छन् । थुनाबाट ‘छुटाउँछु’ भनेर रविनाले चिनियाँ नागरिकको पत्नीसँग २० लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुस

सम्बन्धित सामग्री