तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन्। सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन्।

सम्बन्धित सामग्री

कर्मचारीको तलब २ हजार रुपैयाँ बढाउन अर्थमन्त्री शर्मा तयार

काठमाडौं : अर्थमन्त्री जनार्द्धन शर्माले मध्यराति लामो रस्साकस्सीपछि सरकारी कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायतको तलब वृद्धि गर्ने निर्णय गरेका छन्। बेलुका चार बजे दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न लागेको आगामी वर्षको बजेटमार्फत अर्थमन्त्रीले तलब वृद्धिको घोषणा गर्ने छन्। मुख्य सचिवको नेतृत्वको समितिले तलब बढाउन सुझाव दिएको थियो। राजनीतिक तहमा भने…

भारतमा कर्मचारीको तलब वृद्धि भएसँगै नेपालमा रेमिटेन्स बढ्ने

काठमाडौं, ३० असार । भारतमा कर्मचारीको तलब वृद्धि भएको छ । सरकारी निकायमा कार्यरत कर्मचारीहरुको तलब र पेन्सन १७ देखि १८ प्रतिशतले वृद्धि भएको हो । भारतका केन्द्रीयमन्त्री अनुराग ठाकुरले तलब वृद्धिको घोषणा गरेका हुन् । जुलाई १ देखि तलब वृद्धि लागू हुने जनाइएको छ । तलब वृद्धिले भारतमा ४८ लाख ३४ हजार सरकारी कर्मचारी […]

तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन्।

पाकिस्तानमा सरकारी कर्मचारी आन्दोलित

एजेन्सी।पाकिस्तानका सरकारी कर्मचारी तलबसुविधा कम भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। सरकारले १० प्रतिशत तलब वृद्धि घोषणा गरेपछि त्यसलाई निकै कम भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्। उनीहरुले शुक्रबार बृहत् प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने माग गरेका छन्। कर्मचारीहरुले अर्थमन्त्रीलाई लक्षित गर्दै संसद् भवनअगाडि प्रदर्शन गरेका थिए। आफ्नो माग सम्बोधन नभए जुनदेखि कडा आन्दोलन गर्ने उनीहरुको भनाइ छ।

तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

जेठ २९, इस्लामावाद(पाकिस्तान) । पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन शुरु गरेका छन् ।            सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन शुरु गरेका हुन् ।उनीहरुले शुक्रवार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने मागसमेत गरेका छन् ।            गत तीन वर्षदेखि कर्मचारीहरुको तलब वृद्धि नभएकाले यस वर्ष धेरै वृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।  आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि राखेको जीयो न्यूजले समाचार सम्प्रेषण गरेको छ ।            प्रदर्शनकारीहरुले अर्थमन्त्रीसमेतलाई लक्षित गर्दै राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन गरेका थिए । १० प्रतिशत मात्रै तलब वृद्धि गर्ने निर्णय संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।            “सरकारले कम्तीमा २५ प्रतिशत तलब वृद्धि  नगरेमा जुनको अन्त्यसँगै कडा आन्दोलन घोषणा गर्न बाध्य हुने एक कर्मचारी नेताले बताएका छन् ।            कर्मचारीहरुको आन्दोलनप्रति पाकिस्तान पिपल्स पार्टी (पीपीई) का अध्यक्ष बिलावाल भुट्टो जर्दारीले समर्थन गरेका छन् । कर्मचारीले आयोजना गरेको विरोध कार्यक्रममा समेत शुक्रवार उनी सहभागी भएका  थिए । रासस/ एएनआई