यी ‘बन्दुके सांसद’, जसको फोटोले अमेरिकी तर्सिंदैछन्

एक सांसदले सामाजिक सञ्जालमा राखेको तस्बिर लिएर यतिखेर अमेरिकी समाज कटाक्षमा उत्रिएको छ । रिपब्लिकन सांसद थोमस म्यासीको परिवारका सबै सदस्यले अत्याधुनिक स्वचालित राइफललगायत हतियार बोकेर खिचेको फोटोलाई लिएर अमेरिकामा हंगामा मच्चिएको हो । सो तस्वीरमा अमेरिकी सांसद र उनको परिवारका सबै सदस्यले सैनिक झैँ बन्दुक बोकेर सोफा÷वरपर बसेको देखिन्छ । एक विद्यालयमा फायरिङ हुनुभन्दा पछिल्लो दिन थोमसले सो तस्वीर सामाजिक सञ्जालमा हालेका थिए । उनले क्याप्सनमा लेखेका छन्, ‘मेरी क्रिसमस ! सान्ता, कृ