घोराही सिमेन्टले पारित गर्यो १५ प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं : घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो। शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष आव २०७९-८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।आव २०७९-८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद

सम्बन्धित सामग्री

घोराहीको १५ प्रतिशत लाभांश

घोराही सिमेन्ट्स इन्डस्ट्रीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । घोराहीमा सम्पन्न कम्पनीको तेस्रो साधारणसभाले आर्थिक वर्ष ०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित...

घोराही सिमेन्ट्सको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश दिने

काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष ९आव० २०७९र८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आव २०७९र८० मा ६ करोड ३१ […]

सेयरधनीलाई १५ प्रतिशत लाभांश दिँदै घोराही सिमेन्ट

काठमाडौं- घोराही सिमेन्ट्सले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। हालै सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आर्थिक वर्ष २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०/८१ […]

घोराही सिमेन्टसहित यी आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर तथा हिमालयन डिष्टिलरीले पुस १३ गते, राधी विद्युत कम्पनीले पुस १५ गते बुक क्लोज गर्दैछन् ।  त्यसैगरी, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्तले पुस १६ गते बुक क्लोज गर्दैछन्  ।  सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । आइसिएफसि फाइनान्सले पुस २९ गते आम्रपाली ब्यांक्वेट, थिरबर सडक, भाटभटेनी, काठमाडौंमा २० औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिलासहित ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सिक्लेस हाइड्रोपावरले पुस २७ गते ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा १९ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै हिमालयन डिष्टिलरीले पुस २५ गते लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । राधी विद्युत कम्पनीले पुस २९ गते आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा साधारण सभा बोलाएको छ । वेबिनारबाट उपस्थित हुन सकिने सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । आत्मनिर्भरले भने पुस २८ गते होटल माला ईन, घोराही, दाङमा पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । घोराही सिमेन्टले पनि पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजन गर्ने गरी यथावत् राख्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरू वा सञ्चालक सम्बद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सपोर्ट लघुवित्तले पुस २७ गते दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा नवौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशलमव ६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले अन्य लघुवित्तसँग मर्जर तथा प्राप्तिसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेल लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सो सभाले पारित गर्नेछ। साना किसान लघुवित्तले पुस २९ गते कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २२ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्ज अथवा प्राप्तिसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरूको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

घोराही सिमेन्ट इण्डष्ट्रीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३ अर्ब ९७ करोड १९ लाख रूपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस शेयर सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २८ गते कम्पनीले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । होटल पौवा, दाङमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको छ । सभाले बोनस प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक नियुक्ती अनुमोदनको प्रस्ताव पारित गर्दै स्वतन्त्र संचालक नियुक्ती र सर्वसारणतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम शेयधरनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रिमियममा आईपीओ जारी गर्दै मारूती सिमेन्ट

काठमाडौं । मारूती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्तावसहित कात्तिक २१ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । उत्पादनमूलक क्षेत्रको कम्पनीको रूपमा धितोपत्र दोस्रो बजारमा मारूती सिमेन्ट्स पनि थप हुने भएको हो । असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा उक्त दिन बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू‍, १० प्रतिशत करसमेत नगद लाभांश वितरणको प्रस्ताव पारितका लागि पेस गरिनेछ । कम्पनीले अग्राधिकार शेयरधनीहरूका लागि नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले हाल कायम ३० लाख थान अग्राधिकार शेयरलाई जारी गर्दाको शर्त, कम्पनीको प्रबन्धपत्र तथा नियमावली एवम् कम्पनी ऐन बमोजिम साधारण शेयरमा परिवर्तन गर्ने प्रस्तावसमेत सभाका लागि तय गरेको छ । अग्राधिकार शेयर सर्वसाधारणमा परिणत भएपश्चात कायम चुक्ता पूँजीका आधारमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । बोनस शेयर प्रदान गर्ने प्रस्ताव सूचनामा उल्लेख भए पनि कति प्रतिशत भन्ने उल्लेख छैन । उल्लेखित प्रस्तावहरू पारित गरेपछि नियमावली र प्रबन्धपत्रमा संशोधन गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । उत्पादनमूलक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा प्रवेश गराउन सके बजारमा सकारात्मक प्रभाव पर्ने टिप्पणी भइरहेको अवस्थामा मारूती सिमेन्ट्सको आईपीओ निष्कासनको प्रस्तावलाई आम लगानीकर्ताले सकारात्मक रूपमा लिने विश्वास कम्पनीको छ । हाल धितोपत्र दोस्रो बजारमा सिमेन्ट्स कम्पनीका रूपमा घोराही र शिवम् सिमेन्ट्स सूचीकृत छन् भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज २४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरिसकेको छ । सर्वोत्तम सिमेन्ट्स भने बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासनको तयारीमा छ । सर्वोत्तमको आईपीओ निष्कासनपछि धितोपत्र बजारमा सिमेन्ट्स कम्पनीहरूको संख्या ५ पुग्नेछ ।